पुर्ण सार्की/डोल्पा: नेकपा माओबादी केन्द्र ठूलीभेरी नगर कमिटीको ऐतिहासिक तेश्रो नगर अधिवेशन सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र ठूलीभेरीको अधिवेशनले केबिन्द्र प्रसाद कार्कीको नेतृत्वमा ३३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।
कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री एबम् नेकपा माओबादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माको प्रमुख आतिथ्यमा गरिएको अधिवेशनले अध्यक्षमा कार्की सहित उपाध्यक्षमा खगेन्द्र बहादुर शाही, कल्पना बुढा, कृष्णा कुमारी शाही कोषाध्यक्षमा तुलाकान्या बुढा, सचिवमा मानव रोकाय, स- सचिवमा जनक रोकाया, सदस्यहरुमा रण बहादुर रोकाया, सार्के रोकाया, भीम प्रसाद रोकाया, बुधराम विक, दया विक, शान्ताराम विक, रमेश बुढा, आशा बुढा, पदम डाँगी, धनसरा श्रेष्ठ शाही, अनिल विक, मनकोइला कार्की, धनसिंह बुढा, रुद्र बहादुर रोकाया, रोहित कार्की, सुमन कार्की, चन्दलाल डाँगी, मनकुमारी रोकाया, बुद्दी विक, ओम बहादुर बीटालु, लालकुमारी डाँगी, शुशिला शाही, गोमा शाही, लक्षिना रोकाया, सुन कुमारी विक, चन्द्रा बुढा सर्वसम्मत चयन गरिएको हो।
त्यस्तै अधिवेशनमा नेकपा माओवादी निकट भातृ संघठनहरु वाइसियल, बुद्धिजीवी संघठन , राष्ट्रिय दलित मुक्ति मोर्चाको नगर कमिटी समेत गठन गरेको छ।
नब गठित कमिटी आगामी २०८४ मा हुने निर्वाचनलाई लक्षित गरी बनाइएको निवर्तमान नगर कमिटीका इन्चार्ज वीरमल कुमार भण्डारीले जानकरी दिए।
आगामी निर्वाचनमा ठूली भेरीमा नेकपा माओवादी पार्टीपहिलो नं बनाई नगर प्रमुख र उप-प्रमुखमा समेत विजय हासिल गर्ने लक्ष्य रहेको भण्डारीले जानकारी दिए।
नगर अधिबेशनलाई उद्घाटन गर्न डोल्पा पुगेका कर्णालीका पूर्व मुख्यमन्त्री शर्माले उत्साहपूर्ण सहभागिताले आफु उत्साहित भएको र आगामी दिनमा पनि सक्रिय सहभागिता जनाई ठूली भेरीमा अन्य पार्टीका विरासत तोड्नु पर्ने बताए।
तेश्रो नगर अधिवेशन ऐतिहासिक ,सम्झन लायक भएको र टाढा टाढा देखि पार्टीको माया मानेर आएको बाक्लो जनमासलाई धन्यवाद सगै नयाँ कमिटीलाई बधाई दिँदै आफुले पार्टीकाे तर्फ बाट जनताको समस्या समाधान गर्न सधैं तत्पर रहेको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चलाउने बताएकी थिइन्।
अधिवेशनमा आएका अधिकांश अतिथिले कार्यक्रममा सर्वसाधारणको उत्साह पुर्ण उपस्थितले ठूलीभेरीमा समेत पार्टी पहिलो बन्नेमा कुनै दुइमत नरहेको बताएका थिए।
अधिवेशनमा विभिन्न पार्टी परित्याग गरी ५२ जनाले नेकपा माओवादी केन्द्र प्रवेश गरेका थिए। नगर कमिटीमा अध्यक्षको आकांक्षी धेरै भएका कारण नेतृत्व चयन गर्न एकदमै सकस परिरहेको थियो। सबैको वार्ता र एक आपसमा समन्वय पश्चात नेतृत्व सर्वसम्मत चयन गर्न सफल भएको कर्णाली प्रदेश सदस्य एबम् पुर्व मन्त्री विर बहादुर शाहीले जानकारी दिए। अधिवेशन उद्घाटन हुनु पूर्व सयौको जनमाश सहित सदरमुकाम दुनैमा बाजागाजा सहितकाे र्याली निकालिएको थियो।
नयाँ प्रवेश गर्नेहरूको सूची:
फोटो फिचर: