विष्णुप्रसाद देवकोटा
डाेल्पा,माघ ९ गते ।डोल्पामा एक करोडको लागतमा ६० वटा शौचालय निर्माण गरिएको छ।विश्व परिचित फाेक्सुण्डाे ताल रहेकाे शे फाेक्सुण्डाे गाउँपालिकामा पर्ने तिलिङ र कराङमा गाउँमा शाैचालय निर्माण गरिएकाे हाे ।
हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा शौचालय निर्माण गरिएपछि स्थानीयलाई सहज भएकाे छ ।
आर्थिक वर्ष २०७८/०८९ मा अर्थ मन्त्रालयबाट प्राप्त भएकाे ५० लाख र गाउँपालिकाको ५० लाख गरेर कुल एक कराेडकाे लागतमा वडा नम्बर २ मा पर्ने तिलिङ् र कराङ् गाउँमा शौचालय बनाइएको शे फाेक्सुण्डाे गाउँपालिकाका निवर्तमान अध्यक्ष टसी टुण्डुप गुरुङले बताए ।
दुई गाउँ तिलिङ र कराङ गरि १४५ घरधुरी रहेका छन्। पर्यटकीय हिसावले समेत महत्वपूर्ण मानिएकाे उक्त गाउँमा शाैचालय निर्माण पछि स्वदेशि तथा विदेशी पर्यटकहरुलाई सहज हुने बताइएको छ ।