ताजा समाचार

नेकपा( एकीकृत समाजवादी )काे दशाै राष्ट्रिय महाधिवेशन आज

नेकपा (एकीकृत समाजवादी)को दशौं राष्ट्रिय महाधिवेशन आज (आइतवार)बाट काठमाडौंमा शुरू हुँदैछ ।

असार १६ गते (आज)देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुनेछ ।

महाधिवेशनका बारेमा जानकारी दिन शनिवार आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको बताउनु भयाे ।

ती दस्तावेज कम्युनिस्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उहाले विश्वास व्यक्त गर्नु भयाे।

पत्रकार सम्मेलनमा पार्टीका सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट पारित हुने वैचारिक दृष्टिकोण तथा कार्यक्रमका आधारमा नेतृत्व चयन गरिने जानकारी दिनु भयाे ।

उनले नेतृत्वमा सहमति हुन नसके लोकतान्त्रिक पद्धतिबाट प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनु भयाे । महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् ।

ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ । पार्टी अध्यक्ष नेपालले आज महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

करिब तीन वर्षअघि नेकपा (एमाले)बाट फुटेर नयाँ गठन भएको पार्टीले आसन्न महाधिवेशनलाई दशौं राष्ट्रिय महाधिवेशनका रूपमा दाबी गरेको छ ।

एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ महाधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय महाधिवेशनलाई दशौं मानेको जनाएको छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!