डाेल्पान्युज डेक्स
पर्यटन प्रवर्द्धनका साथै संस्कृतिको संरक्षण गरि समग्र डाेल्पाकाे आर्थिक सम्मृद्दि गर्ने उद्देश्यले आयाेजना गरिएकाे डाेल्पा पर्यटन ब्यापार तथा सांस्कृतिक महाेउत्सब २०८१ डाेल्पाकाे सदरमुकाम दुनैमा शुरु भएकाे छ ।
जिल्ला समन्वय प्रमुख श्याम रोकायाले महाेउत्सबकाे उद्घाटन गर्दै समय समयमा गरिने यस्ता महाेउत्सबले स्थानीय कला र संस्कृतीकाे प्रतिभा प्रस्फुटनमा उत्प्रेरित गर्नुका साथै जिल्लाकाे पर्यटन विकास र आर्थिक सम्मृद्दीमा टेवा पुर्याउने बताउनु भयाे ।
आउदाे भदौमा शे मा लाग्ने ऐतिहासिक १२ बर्षे मेलाकाे पुर्वसन्ध्यामा शुरु भएकाे डाेल्पा महाेउत्सबले जिल्लाबासिलाई मनाेरन्जन प्रदान गर्नुका साथै बाह्रय पर्यटकलाई डाेल्पा चिन्ने अवसर समेत प्रदान गर्ने प्रमुख राेकायाकाे भनाई थियाे ।
ठुलिभेरिनगरपालिकाका नगर प्रमुख श्वबण कुमार बुढाले महाेउत्सब ले जिल्लाकाे पर्यटन विकास र स्थानीय कलाकार उत्पादनकाे क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयाे ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिकाउपप्रमुख तेजेन्द्र बुढा,ठुली भेरि नगरपालिकाका उप -प्रमुख छिरिङ डाेल्मा महत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि वडाअध्यक्षहरु नागरिक समाजका प्रतिनिधि लगायत स्थानीय कलाकार र सर्वसाधारणको उपस्थिति रहेकाे थियाे ।
महाेउत्सब उद्घाटन सत्रदेखि नै ख्याति प्राप्त राष्ट्रिय कलाकार नायक तथा संगितकार लगायत नायकहरुकाे बेजोड प्रस्तुति रहने झ्याली पिटिएपनि त्यस्ता ब्यक्तित्वहरुकाे उपस्थिति भएकाे थिएन भने सर्वसाधारणको उपस्थिति पनि अपेक्षाकृत देखिएन ।