काठमाडौ ,माघ १४ गते ।काठमाडौमा यतिखेर दोस्रो काईके कप फुटसल चली रहेको छ । १२ गतेदेखि काठमाडौमा जारी डाेल्पा जिल्लास्तरीय दोस्रो काईके कप २०८० मा डोल्पालि खेलाडीहरुको रोमान्चक प्रतिस्पर्धा भइरहेको छ ।
निकै हर्ष उल्लासका साथ चलि रहेको दोस्रो काइके कपमा थप उर्जा थप्दै पुर्ब पर्यटन राज्यमन्त्री एबम डोल्पा जिल्ला प्रतिनिधि सभा सदस्य माननीय धन बहादुर बुढाले आर्थिक सहयोग मेत गरेका छन । बुढाले खेलाडीको हौसला बढाउदै प्रतियोगिताको लागि नगद ६० हजार सहयोग गरेका हुन । काईके युथकल्बको आयोजनामा डोल्पाका खेलाडीहरुले काठमाडौमा संचालन गरेकाे खेलकुद प्रतियोगितामा स्थानीयले राम्राे प्रतिस्पर्धा गर्न पाउनु उदाहरणिय कार्य भएकोले थोरै भएपनि आर्थिक सहयोग गरेको र आगामी दिनमा पनि आफ्नाे साथ रहने बुढाले प्रतिबद्धता जनाउदै सफलताकाे शुभकामना दिए । सांसद बुढाले यसैगरी खलकुदमा बिरामीलाई र दुखमा परेकालाइ आर्थिक सहयोग गर्दै आएकाछन ।
डोल्पा जिल्लाको काईके गाडीपालिकामा मनाइने तराली मगर समाजको चैती पर्व तथा रुङ चाडको शु-अवसरमा काठमाडौमा डोल्पा जिल्ला स्तरीय फुटसल प्रतियोगिता गरिएको काईके युथक्लबका अध्यक्ष अर्जुन बुढाले जानकारी दिए । अध्यक्ष बुढाले भने हामीले खेल सङ्गै जिल्लाका खेलाडीहरुको आत्मीयता कायम रहोस र खुसी साट्न पाइयोस भनेर आयोजना गरेका हौ खेलमा जित हार हुन्छ तर यहि खेलबाट राम्रा खेलाडी पनि उत्पादन हुनेछन र डोल्पाले पनि अन्य ठुला खेलमा खेलाडी समाबेश गराउन सक्नेमा बिस्वस्त रहेको बताए ।
दोस्रो काईके कप फुटसलमा डोल्पा जिल्लाका २० टोलि सहभागी भएका छन । आजै दोस्रो काईके कपको समापन हुनेछ ।