नन्दसि
हुम्ला,भदौ १२ गते ।महिला स्वास्थ्य स्वयंसेवीकासँग अभद्र व्यवहार गरेको आरोपमा हुम्लामा ३ जना पक्राउ परेका छन्। पीडितको जाहेरीका आधारमा पक्राउ परेकालाई जिल्ला प्रशासन कार्यालय हुम्लाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख DSP शंकर पोखरेलले बताए।
म्याद थप गरिएका व्यक्तिहरुमा ताँजाकोट गाउँपालिका–३ स्थित मैला स्वास्थ्य चौकी इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा रहेका छन्।
DSP पोखरेलका अनुसार बाहिर प्रचारित जस्तो करणी उद्योग नभई अभद्र व्यवहार सम्बन्धी जाहेरी दर्ता भएकाले सोही अनुसार अनुसन्धान भइरहेको छ।
कानूनी व्यवस्था
मुलुकी अपराध संहिता २०७४ अनुसार सार्वजनिक स्थान वा निषेधित स्थानमा अभद्र व्यवहार गर्ने वा महिला, बालबालिका वा अशक्त व्यक्तिलाई हैरानी गरे १ वर्षसम्म कैद, १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्छ।

डोल्पा न्यूज । १२ भाद्र २०८२, बिहीबार १८:१६