डाेल्पान्युज डेक्स
काठकाण्डाै – नेपाल कम्युनिष्ट पार्टी निकट समाजवादी मञ्चकाे डाेल्पा-काठमाण्डाै समाजवादी मञ्च गठन भएकाे छ ।सनिवार काठमाडौंमा भएकाे प्रथम भेलाले जय बहादुर डसालकाे नेतृत्वमा २१ सदस्यीय समिति गठन गरेकाे हाे ।
सर्वसम्मत रुपमा गठन भएकाे समितिकाे उपाध्यक्षमा रामचन्द्र राेकाया सचिब बिकास हमाल काेषाध्यक्ष लाल कुमारी बाेहाेरा चयन हुनु भएकाे छ ।
यसैगरी सदस्यहरुमा उमा डसाल कर्ण राेकाया निसा राेकाया ईच्क्षा राेकाया हरिचन्द्र डसाल प्रदिप महतरा सुरेन्द्र महतरा धर्मराज बाेहाेरा सबिता रावत बिसाल के सी बिमल राेकाया सराेज राेकाय अनिल बाेहाेरा तजि बिष्ट मनि बुढा र सरिता डाँगी रहनु भएकाे छ ।
अध्यायन लगायत राेजगारीकाे शिलशिलामा डाेल्पाबाट काठमाण्डाै आई बसाेबास गर्ने डाेल्पालिहरुकाे समाजिक सुरक्षा,आपसी सहयाेग गर्ने उद्देश्यले मन्चकाे गठन भएकाे जनाइएकाे छ ।
कार्यक्रमका प्रमुख अथिति पुर्वसभासद् एबं नेकपाका स्थाई कमिटि सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज समेत रहेका कर्णजित बुढाथाेकी (शुसिल सी) ले भेलामा प्रशिक्षात्मक मन्तब्य राख्नु भएकाे थियाे ।
कर्णाली आर्थिक गरिबि भन्दा पनि राजनैतिक गरिबिमा रहेकाे उल्लेख गर्दै आगामि दिनमा नयाँ पुष्ताले यस्लाई ताेड्नु पर्ने र नेपालमा नेपाली बिशेषताकाे समाजबाद स्थापना गर्नु अपरिहार्य रहेकाे प्रमुख अतिथि बुढाथोकीको भनाई थियाे ।
नेपाली बिशेषताकाे समाजवाद प्राप्तिकाे अभियानलाई साथ दिन मञ्चकाे गठन भएकाे कार्यक्रम संचालक तथा नेपाल कम्युनिष्ट पार्टीका डाेल्पा जिल्ला ईन्चार्ज ईन्द्र राेकाया (शेराप सी) ले जानकारी दिनु भयाे ।