ताजा समाचार

जुफालकाे सेरामा रहेकाे मनु कन्चन किराना पसलमा चाेरी

डोल्पान्यूज सम्बादाता

डोल्पाको ठुलिभेरी नगरपालिका वडा न.ं ८  एर्पोट नजिक सेरामा  रहेको एउटा पसलमा चोरी भएको छ ।रातिको समयमा मुख्य ढोकाको चुकुल र चापी तोडेर पसल भित्र रहेको नगद लगायत दैनिक उपभाेग्यबस्तुहरु चाेरि भएकाे हाे । चामल,चिउरा,चिनी,चना,चुरोट,चाउचाउ,बिस्कुट लगायत विभिन्न किसिमका दैनिक उपभाेग्य बस्तुहरुकाे  चोरी भएकाे पसलधनीले जानकारी दिए ।

मनु कञ्चन किरानापसलका प्रोप्राइटर लक्ष्मि चन्द्र डाँगीका अनुसार जिन्सी र नगद सहित एक लाख जति चोरी भएको  हाे ।पसल चोरी गर्ने कसले किन कसरी गर्याे भनेर खाेजी तथा अनुसन्धानका लागि  जुफाल चौकिमा निवेदन दिइएकाे पनि डांगीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!