डाेल्पाकाे सदरमुकाम दुनैमा निर्माण गरिन लागिएको नेपाल पत्रकार महासङ्ग डोल्पा शाखा भवनकाे एक कार्यक्रमका बीच शिलान्यास गरिएकाे छ ।
ठुलिभेरी नगरपालिका मेयर श्वबर्ण कुमार बुढाले भवनकाे शिलान्यास गर्नु भएकाे हाे ।तीन काेठा एक सभाहल र एक शाैचालय निर्माण हुने छ ।
पत्रकार महासंघको भवन निर्माणकाे लागि त्तकालिन संघीय सहरी विकास मन्त्री धनबहादुर बुढाकाे मन्त्री कार्यकालमा पचास लाख रुपियाँ बजेट विनियोजन भएकाे थियाे ।
लामाे समय देखि भवनकाे अभावमा भाडामा महासंघको कार्यालय संचालन हुँदै आएकाे भएपनि अनेकन समस्या झेल्दै आउनु परेकाे थियाे ।०८१ असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरि शिलान्यास संगै निर्माण कार्यले गति लिने महासंघ अध्यक्ष तथा भवन निर्माण उपभोक्ता समितिका समेत अध्यक्ष रहेका सराेज थापाले बताउनु भयाे ।
भवन निर्मनण सम्पन्न भएपछि सदरमुकाम दुनैदेखि टाढाकाे दुरिमा रहेका पत्रकारहरुलाई महासंघको कार्यालयमा बसेर समाचार सम्प्रेषणमा सहजता आउने छ ।
भवन शिलान्यास कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष सराेज थापा ठूलिभेरी नगरपालिका वडा अध्यक्षहरु भक्त भण्डारी मनराम ठकुल्ला,तेजेन्द्र रोकाया ,धुर्ब बिक्रम शाही ,नेपाल पत्रकार महासङ्ग डोल्पाका पूर्व अध्यक्ष बिष्णुलाल बुढा,सब इन्जिनियर चन्द बडु ,नेबिसङ्ग केन्द्रिय सदस्य कुशल बिक्रम शाही , ठुलिभेरी नगर सचिवालयका रेखामान बुढा सहित स्थानीय संचारकर्मीहरुकाे उपस्थिति रहेकाे थियाे ।