डाेल्पान्युज
डोल्पा । डोल्पा जिल्लाको सदरमुकाम दुनै बजार क्षेत्रमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठकलगायतका कार्यक्रम निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय, डोल्पाले मंगलबार एक विज्ञप्ति जारी गर्दै वुधवार बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको हो।
प्रशासनले शान्ति सुरक्षा भंग हुने आशंका देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम निषेधाज्ञा आदेश जारी गरेको जनाएको छ।
निषेधाज्ञा क्षेत्र सीमाना यसप्रकार छन् :पूर्व : सशस्त्र प्रहरी बल नं. ४६ गुल्म हे.क्वा पश्चिम धुपिचौर उत्तर माथिल्लो दुनै दक्षिण जिल्ला अस्पताल, डोल्पा क्षेत्र ।
निषेधाज्ञा अवधिभर कुनै पनि किसिमका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, धर्ना तथा विरोधका कार्यक्रम गर्न प्रतिबन्ध गरिएको प्रशासनले जनाएको छ। आदेश उल्लंघन गर्नेहरूलाई कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ।

डोल्पा न्यूज । २५ भाद्र २०८२, बुधबार ०३:३८