त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखाको वार्षिक प्रगति समीक्षा सन्तोषजनक रहेको बताइएको छ ।
आर्थिक वर्ष २०८०/२०८१ मा स्वास्थ्य शाखा मातहतका स्वास्थ्य संस्थाहरुमा संचालित विभिन्न स्वास्थ्यप्रदक कार्यक्रमहरुको वार्षिक समिक्षा कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
जिल्लाका आठ ओटा स्थानीय तहमध्येमा पालिकास्तरमा पहिलो पटक त्रिपुरासुन्दरी नगरपालिकाको स्वास्थ्य शाखाले बार्षिक समिक्षा कार्यक्रम गरेको छ ।
पालिका र त्यस अन्र्तगतका ११ वटै वडाहरुको रचनात्मक एवं क्रियात्मक सहयोग जिल्ला स्वास्थ्य सेवा कार्यालयको सकारात्मक समन्वयले शाखा र मातहतका संस्थाहरुको वार्षिक कार्य प्रगति सय प्रतिसतको हाराहारीमा पुर्याउन सफल भएको दावी कार्यक्रममा गरिएको थियो ।
स्वास्थ्य शाखा मातहतका ५ ओटा स्वास्थ्य चौकी सामुदायिक स्वास्थ्य इकाई २ ओटा आधारभूत स्वास्थ्य सेवा केन्द्र ५ ओटा आयुर्वेद अस्पताल १ ओटा वर्थिङ सेन्टर ४ ओटा खोप क्लीनिक संख्या १७ ओटा गाउँघर क्लिनिक ८ ओटा र ४५ ओटा महिला स्वास्थ्य स्वयसेविका मार्फत त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रका समुदायहरुलाई विभिन्न कार्यक्रम मार्फत स्वास्थ्य सेवा प्रवाह गरिरहेको स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले कार्यप्रगति विवरण मार्फत जानकारी दिनु भएको थियो ।
नगर कार्यक्षेत्रमा भइरहेका र निर्वाणाधिन स्वास्थ्य पुर्वाधारको अपवादमा वाहेक सन्तोषजनक रहेको स्वास्थ्य उपकरण लगायत औषधीको समयमै ब्यवस्थापन भइरहेको उल्लेख गर्दै सुशासन प्रवर्दन तथा सार्वजनिक जवाफदेहिता सहित काम गरिरहेको स्वास्थ्य शाखा संयोजक श्रेष्ठले बताउनु भयो ।
यस्तैगरी खोप संचालन गर्ने क्रममा माग अनुसारको खोप उपलब्ध नहुँदा लक्षित खोप अभियान पुरा हुन नसक्नु,कोल्डचेनको ब्यवस्थापन नहुँदा खोप खेर जाने दर धेरै हुने भएकाले समयमै माग अनुसारको खोप उपलब्ध गराउनुका साथै कोल्डचेनको ब्यवस्थापन तर्फ जिल्ला स्वास्थ्य सेवका कार्यालयले ध्यान दिनु पर्ने समिक्षामा औल्याइएको थियो ।
पोषण कार्यक्रम अन्र्तगत बस्तीहरुको दुरी स्वास्थ्य केन्द्र भन्दा टाढा भएकाले लाभदायकको पहुँच कमि हुनु प्रत्येक महिना नियमितरुपमा पोषण लिन नआउनुले पनि पोषणको अवस्थामा सुधार ल्याउन केहि कठिनाइ रहेको बताइएको छ ।
एमबिबिएस डाक्टर ब्यवस्थाको पहल भइरहेको छ –नगर प्रमुख रोकाया
कार्यक्रममा नगरप्रमुख जनचन्द्र रोकायाले विगतको तुलनामा स्वास्थ्य सेवा सुधारउन्मुख रहेकोमा खुशि ब्यक्त गर्दै अझ थप सुदृढ बनाउन तर्फ नगरस्वास्थ्यकर्मीहरु लाग्नु पर्नेमा जोड दिनु भयो ।
बार्षिक समिक्षाले नगर र नगर मातहतमा संचालित सम्बन्धित शाखाको कमिकमजोरी औल्याई नराम्रो पक्षलाई सुधार र राम्रो पक्षलाई थप राम्रो बनाउन तर्फ सहयोग गर्ने भएकाले अर्धबार्षिक समिक्षा गर्न तर्फ अगाडि बढ्न सके झन राम्रो हुने प्रमुख रुोकायाले बताउनु भयो ।
स्वास्थ्य र शिक्षा मानव जीवनको लागि अपरिहार्य भएकाले पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्दता हुँदाहुदै पनि यथोचित बजेट विनियोजन गर्ननसकेकोमा आत्मग्लानी भइरहेकोले आगामी वर्षमा स्वास्थ्य क्षेत्रमा यथेष्ट बजेट विनियोजन गरिने प्रतिबद्दता समेत प्रमुख रोकायाले गर्नु भयो ।
लिकुमा बन्ने बर्थिङ सेन्टर पहाडा लगियो भन्ने कुरा झुट्ठा
वडानम्वर १० लिकुमा बन्नु पर्ने बर्थिङ सेन्टर मेयरले पहाडामा लगेर बनाइयो भन्ने कुरा झुट्ठा भएको नगरप्रमुख रोकायाले बताउनु भयो ।
नगरमा सुचना प्रविधि शाखामा कार्यरत कर्मचारीले समयमा सुचना प्रवाह नगर्दा प्रकृयागत त्रुटि हुन गई बर्थिङ सेन्टर स्थापनाको लागि आएको कार्यक्रम फिर्ता गएको उहाँले दावी गर्नु भयो ।
नगरमा सुचना प्रविधि शाखामा कार्यरत कर्मचारीले आफुलाई जानकारी नदिई गलत सुचना प्रवाह गर्दा कार्यक्रम फिर्ता गई मेयरले कार्यक्रम पहाडामा लग्यो भन्ने भ्रम पर्न गएकाले गलत काम गनरेकै कारण सुचना प्रविधि शाखाको आइटी कर्मचारी समेतलाई हटाउनु परेको प्रमुख रोकायाको भनाई थियो ।
लिकुमा रहेको बर्थिङ सेन्टर जीर्ण भएको र यसको पुर्ननिर्माणको लागि पहल भइरहेको समेत प्रमुख जनचन्द्र रोकायाले प्रस्ट पार्नु भयो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर रत्नवीर सुनारले विनियोजित बजेट अनुसार प्रत्येक वर्ष गरिने बार्षिक समिक्षा नियमित कार्य भएको र पालिकास्तरमा पहिलो पटक त्रिपुरासुन्दरी नगर स्वास्थ्य शाखाबाट शुरु भएको बताउनु भयो ।
स्वास्थ्य क्षेत्रको विकास र विस्तार नगारिकको स्वाथ्यप्रतिको चासोमा नगरप्रतिनिधिहरुको लगाव राम्रो देखिएकोले स्वास्थ्यकर्मीलाई समेत थप उत्साहित बनाएको उहाँको भनाइ थियो ।
प्रत्येक स्वास्थ्य संस्थाहरुमा जिम्मेवारी बाँडफाड गरि कार्य भइरहेको र पोषणकोशेली कार्यक्रम जस्ता उदाहरणीय काम जनप्रतिनिधिले संचालन गरेको पाउँदा खुशि लागेको डाक्टर सुनारले बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धराला स्वास्थ्य संस्थाहरुको तर्फवाट रविन्द्र वोहोरा वडाअध्यक्षहरु भक्तबहादुर केसी र रन्जित बुढाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र समाधानका लागि गर्नु पर्ने कार्यको बारेमा आफ्ना भनाई राख्नु भएको थियो ।कार्यक्रममा शाखा अन्तर्गत रहेका प्रत्येक स्वास्थ्य संस्थाका प्रमुखहरुले आआफ्नाे प्रगति विवरण प्रस्तुत गर्नु भएकाे थियाे ।
बार्षिक समिक्षामा नगरउपप्रमुख देबि घर्ती निवर्तमान एमाले सांसद बदमीक्वारी वोहरा,११ वटै वडाअध्यक्षहरु स्वास्थ्य संस्थाका इन्चार्ज स्वयमसेविकाहरु नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।