ताजा समाचार

नेकपा माओवादी केन्द्र ठुली भेरी १० को तेश्रो वडा अधिवेशन सम्पन्न, ९ जनाले गरे पार्टी प्रवेश 

डोल्पा: डोल्पामा नेकपा माओवादी केन्द्र ठुली भेरी नगरपालिका १० को तेश्रो वडा अधिवेशन सम्पन्न भएको छ। बुधबार जिल्ला समन्वय समिति डोल्पाको सभाहलमा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एबम् जिल्ला इन्चार्ज काली चलाउनेको प्रमुख आथित्यमा भएको वडा अधिवेशनमा नेपाली कांग्रेस पार्टी परित्याग गरी ९ जनाले नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। तेश्रो अधिवेशन बाट अनिल विकको अध्यक्षतामा ११ सदस्यीय सहितको वडा कमिटी समेत गठन गरिएको छ।

वडा अधिवेशनको अवसरमा ठुली भेरी १० रह र परीलाका सक्रिय युवा अनिल विक , विजय विक, दीपक विक, हेमन्त विक, उषा विक, शुशिला विक, पवन कार्की, रामचन्द्र उखेडा, ज्ञान बहादुर कार्की लगाएतले पार्टी प्रवेश गरेको जिल्ला इन्चार्ज चलाउनेले डोल्पा न्युजलाई जानकारी दीइन।

नव प्रवेशि कार्यकर्ताहरुलाई केन्द्रीय सदस्य एबम् जिल्ला इन्चार्ज चलाउनेले खाँदा र अबिर लगाई पार्टीमा स्वागत गरेकी छन्। केन्द्रीय सदस्य एबम् जिल्ला इन्चार्ज चलाउनेका अनुसार डोल्पामा नेकपा माओबादी केन्द्र प्रतिको जनआस्था बढ्दै गइरहेको छ। प्रत्येक अधिवेशनमा दर्जनौंको दरले पार्टी प्रवेश गरिरहेको उनको भनाइ छ ।

तेश्रो वडा अधिवेशनमा जिल्ला इन्चार्ज चलाउने, नेकपा माओवादी केन्द्रका जिल्ला पार्टी अध्यक्ष धर्मजित बोहोरा ‘विस्फोट’ , अभियान इन्चार्ज राम बहादुर विक, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दन्त बहादुर बुढा मगर, पूर्व अध्यक्ष माल बहादुर रोकाया ‘सितार’ , युवा नेता कमल बहादुर शाही , जंग बहादुर रोकाया’पौरख’ लगाएतका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो।

तपाइको प्रतिक्रिया

error: Content is protected !!