विष्णुप्रसाद देवकोटा
डाेल्पाकाे जगदुल्ला गाउँपालिकाकाे थुप्लाङनामा रहेकाे नेपाल टेलिकमकाे नमस्ते माेवाइल टावरमा चट्याङ परेकाे छ ।
मंगलवार ८ बजेतिर टावरमा चट्याङ पर्दा जगदुल्ला गाउँपालिका लगाएत आसपासका क्षेत्र संचार बिहिन भएकाे छ ।
अबरुद्ध जगदुल्लाकाे थुपलाङ्लामा रहेकाे नमस्ते माेवाईल फाेन टावर मर्मतको लागि जुम्लाबाट नेपाल टेलिकमकाे टाेली उक्त स्थानमा हिडेकाे डाेल्पाका प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले जानकारी दिए ।
यस्तै मंगलबार डाेल्पा जाजरकोट खडक खण्डमा पर्ने ढारथाला भन्ने स्थानमा पहिरो गई अबरुद्ध सडक खुलाउनकाे लागि सम्बन्धित निकायमा पहल गरिसकेको प्रजिअ दाहालले बताए ।
केहि दिन यता डाेल्पाका अधिकांश क्षेत्रमा वर्षा भैरहेको छ। वर्षा संगै चट्याङ पर्ने सम्भावना भएकाे हुदा सचेत रहन आग्रह गरिएको छ ।