ताजा समाचार

बाेलेराे जीप र फाेर्स गाडि एकापसमा ठाेकिदा चार जना घाइते

डाेल्पान्युज डेक्स। जाजरकोटमा फोर्स गाडी र जिप आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।

मंगलबार नेपालगञ्जबाट जाजरकोटतर्फ गइरहेको लु २ ख ५८३६ नम्बरको फोर्स गाडी र विपरीत दिशाबाट आइरहेको लु १ च ५२९९ नम्बरको जिप जाजरकोटको भेरी नगरपालिका–१२ स्थित रातोपोखरा भन्ने ठाउँमा आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा फोर्स गाडीमा सवार १२ जनामध्ये चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। अरु ८ जना यात्रु भने सकुशल छन्।

घाइते हुनेहरुमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ का २७ वर्षीया सपना कुमारी महर, जाजरकोटको नलगाड नगरपालिका–७ का ६३ वर्षीया गंगा विक, कुशे गाउँपालिका–६ का २१ वर्षीया माया तिरुवा र दाङको शान्तिनगर गाउँपालिका–७ का ३७ वर्षीया विमला थापा रहेका छन्।

प्रहरीका अनुसार जिपमा ८ जना सवार थिए। जिपमा सवार सबै सकुशल छन्।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा लगिएको छ भने दुवै गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिईएको छ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!