विष्णुप्रसाद देवकोटा
डाेल्पा ।डाेल्पा जिल्ला अदालतका न्यायाधीश भाेलानाथ ढकालकाे अध्यक्षतामा जिल्ला न्याय क्षेत्र समन्वय समितिकाे बैठक सम्पन्न भएकाे छ ।
जिल्ला अदालतमा भएकाे सम्पन्न बैठकले जिल्ला कारागारमा महिला कैदीबन्दी भवन प्रयाेगमा ल्याउन पहल गर्ने देखि प्रहरी कार्यालयमा बाल निगरानी कक्षा स्थापना लगायतका तीन ओटा निर्णय गरेकाे छ ।
जिल्ला न्याय क्षेत्र समन्वय समितिका सदस्य तथा नागरिक समाज डाेल्पाका अध्यक्ष शेरबहादुर बुढाले दिनु भएकाे जानकारी अनुसार माननीय जिल्ला न्यायाधीश भाेलानाथ ढकालकाे नेतृवमा अर्ध न्यायिक निकायकाे निरीक्षणकाे क्रममा न्यायिक निरुपणकाे कार्यमा संलग्न जनशक्तिमा न्यायिक कार्यविधि ज्ञानकाे कमि पाइएकाले एकापसमा ज्ञान सीप र विज्ञता समन्वय गरि कार्य गर्ने निर्णय गरेकाे छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालयमा बाल निगरानी कक्षाकाे अभाव रहेकाे पाइएकाले बाल निगरानी कक्षाकाे ब्यवस्थापन देखि जिल्ला कारागारमा रहेका महिला थुनुवन तथा कैदीवन्दीकाे लागि निर्मित नयाँ भवनमा सुचारु गर्ने सम्मकाे पहल गर्ने निर्णय बैठकले गरेकाे छ ।
जिल्ला अदालतकाे मुलगेट हुँदै तिप्ला गाउँ जाेड्ने सडक निर्माणले पुर्ववत अवस्थामा रहेका खाेल्साखाेल्सी समेत बन्दभई बर्षातकाे समयमा पानी अदालत परिसर भित्रै पस्न सक्ने र आसपासका बस्ती घरहरुमा समेत जाेखिम भएकालेसडक निर्माण संगै सडककाे दुबैतर्फ( पानि) नाला निकासकाे लागि पहल गर्ने निर्णय समेत भएकाे जिल्ला न्याय क्षेत्र समन्वय समिति सदस्य बुढाले जानकारी दिनु भयाे ।
यसअघि माननीय जिल्ला न्यायाधीश भाेलानाथ ढकालले शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज जिल्ला प्रहरी कार्यालय जिल्ला प्रशासन कार्यालय जिल्ला कारागार लगायतका अर्ध न्यायिक निकायकाे निरीक्षण गर्नु भएकाे थियाे ।
बैठकमा प्रमुख जिल्ला अधिकारी तुलसि प्रसाद दाहाल,सहायक जिल्ला न्याधिबक्ता गाेविन्द बहादुर शाही प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसी कारागार प्रमुख दिर्घराज आरसी मालपोत कार्यालय प्रमुख कर्णबहादुर राेकाया जिल्ला समन्वय अधिकारी हरिकृष्ण जैसी नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढा र निमित्त श्रेस्तेदार हरिगाेपाल ज्ञावलीकाे उपस्थिति थियाे।
निकुञ्जले बुझायाे जिप्रकालाई ३५ थान भरुवा बन्दुक र १ थान कटुवा पेस्ताेल
शे फाेक्सुण्डाे राष्ट्रिय निकुन्जले चाेरी सिकारी नियन्त्रणकाे क्रममा विभिन्न मध्यवर्ती उपभोक्ता समिति अन्तर्गतका गाउँबस्ती र बेवारिस अवस्थामा फेला पारि नियन्त्रण लिएर कार्यालयमा राखिएका ३५ थान भरुवा बन्दुक सहित १ थान कटुवा पेस्ताेल जिल्ला प्रहरी कार्यालयमा बुझाएकाे छ ।
जिल्ला न्यायाधीश ढकालकाे सुलिगाडस्थित निकुञ्ज कार्यालय निरीक्षणकाे क्रममा भरुवा बन्दुक र पेस्ताेल राखिएकाे पाइएपछि माननीय न्यायाधीशकाे निर्देशनमा असार २४ गते जिल्ला प्रहरी कार्यालयमा बुझाइएको हाे ।
शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त बरिस्ठ संरक्षण अधिकृत बिश्वबाबु श्रेष्ठले लामाे समयसम्म निकुन्ज कार्यालयमा राख्दा नासीमासि भइहराएमा समस्या हुने र हतियार सम्बन्धि अधिकार क्षेत्र नेपाल प्रहरीकै भएकाले प्रहरीलाई बुझाइएको जानकारी दिनु भयाे।
यसरी प्रहरीलाई बुझाइएका भरुवा बन्दुक र पेस्तनेल चाेरीसिकारी नियन्त्रणकाे क्रममा स्वस्फूर्त रुपमा मध्यवर्ती उपभोक्त समिति अन्तर्गतका नागरिकले आफै बुझाएका र बेवारिस अवस्थामा फेला पारि नियन्त्रणमा लिएर कार्यालयमा राखिएकाे अवस्थामा कानुनले नमिल्ने भएपछि ३५ थान भरुवा बन्दुक र १ थान कटुवा पेस्ताेल जिल्ला प्रहरी कार्यालयमा निकुन्जले बुझाएको हाे ।