ताजा समाचार

राष्ट्रिय सभा सदस्यका लागि माओवादी डाेल्पाबाट चार जनाकाे नाम सिफारिस

डाेल्पा ,पुस १६ गते । नेकपा माओवादी केन्द्र डाेल्पाले राष्ट्रिय सभा सदस्यकाे लागि चार जनाकाे नाम सिफारिस गरेकाे छ ।

केन्द्रीय पार्टीको सर्कुलर अनुसार डाेल्पा जिल्ला बाट नेकपा माओवादी केन्द्रले खुल्लाबाट प्रदेश कमिटी काेषाध्यक्ष माल बहादुर राेकाया(सतार),महिलामा केन्द्रीय सदस्य काली चलाउने ( निरु), दलित तथा अपाङमा प्रदेश कमिटी सदस्य सिद्वमान बिश्वकर्मार महिलामा प्रदेश कमिटी सदस्य भिमा के.सी बन्जारालाई सिफारिस गरिएको नेकपा माओवादी केन्द्र डाेल्पाका संयाेजक धर्मजित बाेहाेराले जानकारी दिए ।

डाेल्पा जिल्लाबाट सिफारिस गरिएका ब्यक्ति जुनसुकै काेटाबाट जुनसुकै व्यक्ति परेपनि विवाद नहुने र दस बर्षे जनयुद्धमा महत्त्वपूर्ण भुमिका रहेकाे डाेल्पाबाट राष्ट्रिय सभामा समाबेश गर्न गठबन्धनलाई आग्रह गर्ने संयाेजक बाेहाेराले बताए ।राष्ट्रिय सभाकाे निर्वाचन आगामी माध ११ गते हुँदै छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!