विष्णुप्रसाद देवकोटा
हिमाली जिल्ला डाेल्पाका दुई नगरपालिका सहित ६ गाउँपालिकाहरुले आर्थिक बर्ष २०८१/०८२ का लागि बजेट नीति तथा कार्यक्रम नगरसभा र पालिका सभाबाट पारित गरेका छन ।
नगरपालिका र गाउँपालिकाले सम्बन्धित सभाबाट पारित गरेका बजेट नीति तथा कार्यक्रममा नगरबस संचालन गर्ने र शिक्षा स्वास्थ्य र नागरिकलाई आधुनिक सुविधा सम्पन्न शाैचालय निर्माण देखि स्वच्छ खानेपानीकाे ब्यवस्थापनमा जाेड दिने गरि कार्यक्रम ल्याएका छन ।
ठुलिभेरी नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ का लागि ४८ करोड २ लाख ४८ हजार बराबरको बजेट ल्याएको छ ।
जसमा चालु तर्फ २९ करोड ८५ लाख ३४ हजार बजेट छुट्याइएको छ भने पुँजीगत तर्फ १८ करोड १७ लाख १४ हजार बजेट रहेको छ ।
ठुलिभेरीले पहिलाे पटक नगरबासिलाई राहत हुने गरि नगरबस संचालनका लागि बजेट विनियाेजन संगै शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रलाइ प्राथामिकता दिइएको छ ।
१३ आै नगरसभालाई सम्बाेधन गर्दै ठुलिभेरीका नगरप्रमुख श्वर्ण कुमार बुढाले नागरिकले स्थानीय सरकार भएकाे प्रत्यक्ष अनुभूति महशुस गर्ने गरि नगरवासिले सस्ताे भाडामा यात्रा गर्न पाउन र असक्षम अशक्त र आर्थिक विपन्नहरुले निशुल्क यात्रा गर्न सकुन भनेर नगरबस संचालनमा ल्याउने गरि वजेट ल्याइएकाे बताउनु भयाे ।पहिलाे चरणमा जुफाल देखि दुनै र दुनैदेखि जुफाल सम्म नागरिकलाई आवतजावत गर्ने गरि नगरबस संचालनमा ल्याइने प्रमुख बुढाले बताउनु भयाे ।
यसैगरी त्रिपुरासुन्दरी नगरपालिकाले पनि जिल्लाका स्थानीय तहहरुकाे तुलनामा सबै भन्दा बढि बजेट ल्याएकाे छ ।११ आै नगरसभा तथा ८ आै बजेट अधिवेशन मार्फत ल्याएकाे बजेट ५५ करोड़ २१ लाख ४३ हजार २२७ रहेकाे छ ।
कुल बजेट मध्ये १६ करोड़ ८१ लाख पूजिगत तर्फ रहेकाे छ भने ४० करोड़ ३८ लाख ४३ हजार २२७ चालू तर्फ रहेकाे छ ।
पूजिगत भन्दा चालू बजेटलाई प्राथमिकतामा राख्दै त्रिपुरासुन्दरी नगरपालिकाले नगरवासिले लामाे समयदेखि सास्ती खेप्दै आउनु परेकाे स्वाच्छ खानेपानी तथा सुविधायुक्त एकघर एक शाैचालय निर्माणमा जाेड दिने बताएकाे छ ।
यसैगरि स्वास्थ र शिक्षालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएकाे नगरप्रमुख जनचन्द्र राेकायाले बताउनु भयाे ।समुदायमा स्वास्थ्य सरसफाइ तर्फ उत्कृष्ट काम गरिरहेकाे उल्लेख गर्दै सुस्वा परियाेजना निरन्तरताका लनगि मात्र कुल पूजिगत बजेट मध्यबाट ७२ लाख रुपिया विनियाेजन गरेकाे नगरप्रमुख राेकायाले बताउनु भयाे ।
त्यस्तै गरेर सदरमुकाम दुनै नजिकै रहेकाे काइके गाउँपालिकाले १४ आै गाउँसभाबाट आर्थिक वर्ष ०८१/०८२ का लगि ४० कराेड २८ लाख ५३ हजार ५५२ बराबरकाे बजेट ल्याएकाे छ ।
जसमध्ये चालू तर्फ २३ कराेड ७९ लाख ५३ हजार ५५२ रहेकाे छ,याे कुल बजेटकाे ५९.०६ प्रतिशत हाे ।त्यस्तै गरेर पूजिगत तर्फ १६ कराेड ४९ लाख रहेकाे छ ,याे कुल विनियोजित बजेटकाे ४०.९४ प्रतिसत हाे ।
काइके गाउँपालिकाले विगतका झै नियमित जनजिविकाका सवालमा रहेर पालिकाका नागरिककाे जिवनस्तर माथि उकास्ने गरि बजेट तथा कार्यक्रम ल्याइएकाे पालिका अध्यक्ष अंगत रानाले बताउनु भयाे ।
शिक्षा स्वास्थ्य सडक विधुत र खानेपानि बजेटका प्राथमिकता रहेकाे पालिका प्रमुख रानाकाे भनाई छ ।गाउँसभाकाे अवसरमा उत्कृष्ट बिधालय १ उत्कृष्ट प्रधानाध्यापक १ उत्कृष्ट शिक्षक १ जनालाई सम्मान गरिनुका साथै उत्कृष्ट दुई जना कर्मचारीलाई नगद ५० हजार र प्रमाणपत्र सहित पुरस्कृत गरिएकाे थियाे ।