ताजा समाचार

जगदुल्ला हाईड्रुो पाावरको पुर्व शहरी विकास मन्त्री बुढाद्वारा निरिक्षण

डोल्पा : पूर्व शहरी विकास मन्त्री धन बहादुर बुढा जनताको गुनासो सुन्न जनताको घरदैलोमा पुगेका छन । डोल्पा जिल्ला प्रतिनिधि सभा सदस्य बुढा आफुले छोटो समयमा शहरी विकास मन्त्री हुदा डोल्पामा बिनियोजन गरेको बजेट बारे जानकारी गराउदै जनतााका थप गुनासा सुन्दै गाउँगाँउ पुगि रहेका छन ।

करिव एक महिना देखी पूर्व शहरी विकास मन्त्री आफ्नो गृह जिल्ला डोल्पामा घरदैलो अभियानमा हिनि रहेकाछन । माथिल्लो डोल्पामा तिनवटै स्थानीय तहमा पुगेर तल्लो डोल्पाको जगदुल्ला  पुगेका हुन । डोल्पा मात्रै नभएर कर्णालीकै गौरवको आयोजना जगदुल्ला हााईड्रो पावरको समेत निरिक्षण गरेकाछन ।

जगदुल्ला हाईड्रो पावर डोल्पाको मात्रै हैन कर्णाली र नेपालकै एक ठुलो गौरवको आयोजना भएको र यस्ले जगदुल्ला र मुड्केचुलाका जनताको आर्थिक अबस्थाको सधार समेत गर्ने भएकोले यो आयोजना निर्माणमाा सबैले साथ दिनुपर्ने पूर्व शहरी विकास मन्त्री धन बहादुर  बुढाले सबैलाई आग्रह समेत गरे । जगदुल्ला हाईड्रो पावरको निरिक्षण गर्दै भने निर्माण ब्यावसायिले कुनै कशुर नराखि समयमै आफुले पाएको जिम्मेवारी बहन गर्नुपर्ने र आयोजना निर्माण क्षेत्रका जनताकझ मनोभावना अनुसार काम गर्न आयोजनाका कर्मचारी र निर्माण कम्पनीलाई निर्देशन दिए । कुल १ सय ६ मेगावाटको जगदुल्ला हाईड्रो पावरको मुहान जगदुल्लामा र पाावरहाउस मुड्केचुलामा बन्ने छ भने ६ दशमलब ५ किलोमिटर सुरुङ मार्फत यो आयोजना निर्माण हुनेछ ।

जनताको गुनासा सुन्दै जगदुल्ला गाउँपालिका पुगेका पूर्व शहरी विकास मन्त्री बुढाले भने मैले डोल्पाको कुन वस्तिमा कस्तो खाले दुख छ कसरी कुन कुरामा विकास चाहिन्छ मैलै दिमागमा रेकर्ड गरेको छु तपाइ निश्चिन्त हुनुस मेरो अन्तिम सपना भनेकै डोल्पामा विकास गर्नु हो । तिन बर्षमा डोल्पाकै सबै वस्तिमा गाडी चढेर जाने सड्क पुग्छ र हाल सञ्चालनमा भएको सड्कको स्तरोउन्नती समेत गर्नको लागि यसै बर्षदेखी लागि परेर बजेट व्यवस्थापन गरी सकेको जानकारी मन्त्री बुढाले जनतालाई गराए ।

जनताको गुनासो सुन्दै पूर्व शहरी विकास मन्त्री बुढाले भने तपाइका गुनासा प्राथमिकताका आधारमा सम्बोधन गर्छु तर तपाइले आएको बजेटको सहि सदुपयोग गर्नुहोस यदि आएको बजेट सहि सदुपयोग गरेनौ भने हामी बिकासमा पछि पर्छौ भने शन्ततीले दुख पाउनेछन । त्रिपुराकोट मौरे सड्कको स्तरोउन्ती हुने र कति बजेट आभाव हुन्छ प्रदेश र स्थानीय सरकारसंग सहकार्य गरी जनताले सविधा सम्पन्न सड्कमा यातायात गर्ने बनाएरै छोड्ने बुढाले प्रतिबद्धता जनाए ।

जनताको घरदैलो अभियानमा एक महिना देखी गृह जिल्लामा रहेका पूर्व शहरी विकास मन्त्री धन बहादुर बुढा जगदुल्ला हुदै जुम्ला भएर काठमाण्डौ जाने कार्यतालिका रहेको एकिकृत समाजवादी डोल्पाका सचिव युवराज हिराचनले जैतुन अनलाईनलाइ जानकारी दिए । बुढा  आफ्नो तेस्रो कार्यकालको समयमा निर्वाचन पछि पहिलोपटक जगदुल्ला पुगेका हुन ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!