ताजा समाचार

धार्मिक सांस्कृतिक तथा पर्यटकीय महत्व बाेकेकाे १२ वर्षे शे- मेला साल्दाङस्थित शेल गुम्बामा शुरु

विष्णुप्रसाद देवकोटा

धार्मिक सांस्कृतिक र पर्यटीय सम्पदाकाे प्रचारप्रसार गर्ने उद्देश्यले  डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे-फोक्सुण्डो गाउँपालिका-३ साल्दाङस्थित शेल गुम्बामा १२ वर्षे शे- मेला सुरु भएको छ।

दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्व शान्तिको भन्ने मूल नाराका साथ ६७ औँ शे- मेला सुरु भएको हाे ।

शे फाेक्सुण्डाे गाउँपालिकाका उपाध्यक्ष तथा प्रचारप्रसार  उप-समितिका संयोजक पेमा वाङ्छेन गुरुङले प्रत्येक १२ वर्षमा एक पटक लाग्ने मेलाले विश्वमा शान्तिको आह्वानसँगै डोल्पा जिल्लाको प्राकृतिक धार्मिक तथा सांस्कृतिक पहिचान समेत झल्काउने बताउनु भयाे ।

रिवो डुग्ड्राको धार्मिक ढोका खुलाउने जिक्तेन गोन्पो रिन्छेन पलका शिष्य तपस्वी डुपतोप सिंगे यिशेको सम्मान स्वरूप लाग्ने यो मेलाबाट समग्र डोल्पो दर्शन समेत बुझ्न सकिने अपेक्षा गरिएकाे छ ।

मेलामा सहभागी हुन पूर्व मन्त्री तथा डोल्पाका लागि संघीय सांसद धनबहादुर बुढा, र डाक्टर सन्दुक रुइतले मेलामा सहभागिता जनाउनु भएकाे छ ।मेला भदौ २१ गते सम्म सञ्चालन हुने बताइएको छ।

१२ बर्षे शे- मेला उद्घाटनकाे लागि प्रमुख अतिथिकाे रुपमा डाेल्पा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल प्रतिकुल माैसमका कारण हेलिकप्टर मेला आयाेजना स्थल जाननसकेपछि  डाेल्पाकाे सदरमुकाम दुनैबाट प्रदेश राजधानी सुर्खेत फर्कनु भएकाे छन।

तपाइको प्रतिक्रिया

error: Content is protected !!