ताजा समाचार

त्रिपुरासुन्दरीकाे १२ औँ हिउँदे नगरसभा,चालूतर्फ २९ र पूजिगततर्फ १४ प्रतिशत कार्यसम्पादन 

विष्णुप्रसाद देवकोटा

डाेल्पा,पुस ५ गते ।हिमाली जिल्ला डाेल्पकाे त्रिपुरासुन्दरी नगरपालिका नगर कार्यपालिकाकाे १२ औँ हिउँदे नगरसभा सम्पन्न भएकाे छ ।

सचेत नागरिक मार्फत दिगो पूर्वाधार स्वास्थ्य सरसफाइ सुशासन सहितसमृद्ध नगर निर्माणकाे आधार भन्ने नाराका साथ १२ औँ हिउँदे नगरसभा सम्पन्न भएकाे हाे ।

नगर सभामा त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरालाले पाँच महिनाकाे अवधिमा चालू तर्फ २९ प्रतिशत र पूजिगत तर्फ १४ प्रतिशत कार्य सम्पादन भएकाे बताउनु भयाे ।

नेकपा एमाले  डाेल्पा इन्चार्ज तथा केन्द्रीय सदस्य बदमी क्वारी बुढा( बाेहाेरा)काे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हिउँदे अधिबेशनमा पाँच महिनामा भए गरेका कार्य प्रगति र हुन बांकी कार्यहरुकाे कार्यसम्पादन विवरण सार्वजनिक गरिएकाे थियाे ।

नगरप्रमुख जनचन्द्र राेकायाले नगरमा बनाईएका कार्याेजना मुताविकका कार्यक्रम र विकास निर्माणका कार्य स्थानीय जनताकाे माग र आवश्यकता अनुसार गरिरहेकाे आगामी दिनहरुमा पनि वस्तीस्तरबाटै जनताकाे प्रत्यक्ष सहभागीता रहने गरि कार्यक्रम तथा बजेट कार्यान्वयन गरिने बताउनु भयाे ।

१२ औँ हिउँदे नगरसभाकाे अवसरमा नगरभित्रका विभिन्न शाखामा रहि कुशल कार्यसम्पादन गर्नु भएका ४ जना कर्मचारीलाई नगद सहित प्रमाणपत्रका साथ सम्मान गरिएकाे थियाे ।

सम्मानित हुने उत्कृष्ट कर्मचारीहरुमा नगर स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठ प्राविधिक शाखामा कार्यरत सब ईन्जिनियर जयप्रकाश शाहा र खानेपानी सरसफाइ तथा स्वच्छता परियाेजनाका संयाेजक धनप्रसाद बुढा हुनु हुन्छ ।

सम्मानित उत्कृष्ट कर्मचारीहरुलाई प्रमुख अतिथि तथा नेकपा एमाले केन्द्रीय सदस्य बदमी बाेहाेरा र नगरप्रमुख राेकायाले प्रमाणपत्र र  जनहि ५ हजार नगदसहित सम्मान गर्नु भएकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!