ताजा समाचार

परियाेजना कार्यान्वयन इकाई कार्यालयबाट संचालित कार्यक्रमकाे अनुगमन सम्पन्न

विष्णुप्रसाद देवकोटा

प्रधानमन्त्री कृषि आधुनिकरण परियनेजना परियाेजना कार्यान्वयन  परियाेजना इकाई कार्यालय डाेल्पा मार्फत ठुलिभेरी नगरपालिकामा संचालित विभिन्न कार्यक्रमहरुकाे सराेकावालाहरुकाे सहभागितामा स्थलगत अनुगमन अवलाेकन गरिएकाे छ ।

कार्यक्रमकाे प्रभावकारीता पार्दशिता बढाउन र आर्थिक अनियमितता हटाउने उद्देश्यले जिल्लास्थित सराेकारवालहरुकाे सहभागितामा अनुगमन अवलाेकन  गरिएकाे परियाेजना इकाई कार्यालयले जनाएकाे छ ।

परियाेजना इकाई कार्यालय डाेल्पा मार्फत ठुलिभेरीनगरपालिकाका विभिन्न पाँच  ओटा वडामा संचालित कार्यक्रमकाे अनुगमन गरिएकाे हाे ।

परियाेजना कार्यान्वयन इकाई प्रमुख गाविन्द बहादुर मल्लका अनुसार स्थानीय तहकाे समन्वयमा नर्सरी श्राेत केन्द्र स्थापना सुदृढीकरण अन्तर्गत ठुलिभेरी- ७ जुफालस्थित भगवती फलफूल तथा जडिबुटी फर्म ठुलिभरी – ५ माझफालकाे गिता जडिबुटी तथा फलफूल बिरुवा उत्पादन नर्सरीमा उत्पादन गरिएका दांतेओखर र स्याउका बिरुवाकाे अवस्था लगायत पलाष्टिक घर निर्माण ( ग्रिन हाउस) काे अवलाेकन गरिएकाे हाे ।

यसैगरी साना सिचाइ मर्मत तथा सम्भार कार्यक्रम अन्तर्गत ठुलिभेरीस्थित सिनबुद्दि फलफूल तथा पशु पालन पाेल्ट्री फर्म ,स्याउ जाेन प्रभाव क्षेत्रमा क्षेत्रफल विस्तारका लागि राई चाैतरा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले लगाइएका स्याउका विरुवाकाे अवस्था स्याउ बगैचा सुदृढीकरण अन्तर्गत ठुलिभेरी – ५ लाहारा स्थित आयुस कृषि फलफूल तरकारी पशु पाेल्ट्री फर्मकाे घेरवारकाे अवस्था र प्रभावकारिताकाे अनुगमन अवलाेकन गरिएकाे इकाई प्रमुख मल्लले बताउनु भयाे ।

प्रमुख मल्लका अनुसार कृषि लक्षित कार्यक्रममा कार्यालयबाट गरिएकाे सहयाेगकमे सम्बन्धित कृषकले सहिसदुप्रयाेग गरेका छन छैनन् भन्ने जानकारी लिन र यदि काम नभई अनियमितता भएकाे पाइएमा कार्वाहीकाे दायरामा ल्याउन सहज हाेस भनेर अनुगमनलाई कडारुपमा अगाडि बढाइएकाे हाे ।

काम सम्पन्न भएकाे जानकारी सम्बन्धित कृषकबाट प्राप्त भएपछि प्राविधिकबाट नापजाँच पश्चात् सराेकारवालाहरुकाे सहभागितामा स्थलगत अनुगमन गराई अनुगमनकाे स्थलगत प्रतिवेदन र सम्बन्धित कृषि प्राविधिककाे प्रतिवेदनकाे आधारमा सम्झौता अनुरपकाे कामकाे मुल्यांकनका आधारमा मात्र भुक्तानी गर्ने गरिएकाे पनि परियाेजना इकाई प्रमुख मल्लले बताउनु भयाे ।

जिल्ला समन्वय प्रमुख उपप्रमुख श्याम बहादुर राेकाया तेजेन्द्र बुढा प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहाल सन्चारकर्मी सुरक्षा प्रमुख लगायतका सराेकारवालाहरुकाे अनुगमनमा सहभागिता रहेकाे थियाे ।

कार्यक्रम संचालित क्षेत्रकाे भुगाेल आबश्यकताकाे आधार सम्बन्धित कृषककाे चासाे कामकाे प्रभावकारीता उपलब्धिकाे सम्भावना लगायतका विविध पक्षमा प्रत्यक्ष रुपमा कृषकसंग छलफल अन्तरक्रिया कार्यक्रम संचालनमा देखिएका समस्या,समाधानकाे उपाय र सम्बन्धित कार्यालयकाे उपस्थितिका सम्बन्धमा जिल्ला समन्वय प्रमुख राेकाया उपप्रमुख बुढा र प्रजिअ दाहालले कृषकलाई सुझाउनु भएकाे थियाे ।

एकाध स्थानीय तहले उपप्रमुख उपाध्यक्ष दर्जन प्राविधिक र कार्यालय सहयाेगि लिएर याेजनाकाे अनुगमन अवलाेकन गरि राजनीतिक विचार र आस्थाका आधारमा विलभुक्तानिकाे सिफारिस गर्ने अनुगमनकाे लागि मात्र अनुगमन गरि दैनिकभ्रमणभत्ताकै लागि आफै धामी आफैझाँक्री बनेर ब्रमलुट गरिरहेकाे गुनासाहरु आइरहेकाे अवस्थामा परियाेजना इकाई कार्यालयले जिल्लास्थित सराेकारवालाकाे बृहत अनुगमन गरेकाे हाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!