डोल्पा,कार्तिक २० गते ।समाजवादी प्रेस संगठन नेपालको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।जिम्मेवार पत्रकार समाजवादको आधार भन्ने नाराकासाथ समाजवादी प्रेस संगठन नेपाल डोल्पाको प्रथम जिल्ला भेला प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदीको प्रमुख आतिथ्यतामा सदरमुकाम दुनैमा सम्पन्न भएको हो ।
प्रथम जिल्ला भेलाबाट सर्वसम्वत रुपमा आनन्दसिं रावलको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ ।प्रथम भेलाबाट नवगठित कार्यमितिमा पदम शाही उपाध्यक्ष गोपीचन्द्र बोहोरा (सन्देश)सचिवमा र,मनिसा केसी कोषध्यक्षमा चयन भएका छन ।
भेलापश्चात सपथ ग्रहण कार्यक्रममा बोल्दै केन्दीय अध्यक्ष सुवेदीले समाजवाद यात्राको एक अभिन्न अङ्घ प्रेस संगठन भएको उल्लेख गर्दै समाजवादी प्रेस संगठनमा समाहित हुनका लागि सर्वप्रथम पेशागत योग्यता दक्षता र बैचारिक स्पष्टता हुन आवश्यक रहेको बताए ।पार्टी विभाजन पछि केही राम्रा योग्य र दक्ष पत्रकार साथीहरु नेकपा एमालेमै अलमलिएर रहेको बताउदै प्रेस चौतारीको भविश्य नभएकाले समाजवादको यात्रामा सरिक हुन समाजवादी प्रेस संगठनमा आउन आग्रह गर्दै राम्रा पत्रकारहरुको लागि समाजवादी प्रेस संगठनको ढोका सदैब खुला रहने पनि केन्द्रीय अध्यक्ष सुवेदीले बताए ।
प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष अस्मिता गिरीले पार्टी देखि पेसागत पत्रकार संगठनमा महिला पत्रकारहरुको सहभागितामा जोड दिईन ।समाजवादी प्रेस संगठन नेपालका महासचिव रामकुमार एलनले पत्रकारहरुको दिमाग हात र बोली नै समाज रुपान्तरणको प्रमुख हिस्सा भएकाले राम्रोसंग दिमाग हात र बोली चल्न आवश्यक रहेको बताए ।प्रेस संगठनको केन्द्रीय पदाधिकारीको उपस्थितीमा जिल्ला भेला सम्पन्न हुनु राम्रो र सकरात्मक पक्ष भएको उल्लेख गर्दै पार्टी नेतृत्वले मात्र नभई सबैजनवर्गिय संगठनका नेतृत्वले पार्टी कार्यकर्ता र जनताको लागि आशा जगाउने काम गर्नु पर्नेमा जोड दिए ।कार्यक्रममा एकीकृत समाजवादी डाल्पाका अध्यक्ष छक्कबहादुर धरला पार्टी सचिव युवराज थकाली र प्रदेश कमिटि सदस्य बबिकिशोर गुरुङ्घले डोल्पामा एकीकृत समाजवादी पार्टीको भविश्य उज्जवल रहेको बताए ।
संघिय सासंद र महत्वपुर्ण नगर,गाउँपालिकामा समेत पार्टीवाट निर्वाचित जनप्रतिनिधि भएकाले संगठन विस्तारमा उनीहरुको सकरात्मक र प्रभावकारी भुमिकाको आवश्यकता रहेकोमा बक्ताहरुले जोड दिए ।कार्यक्रममा कर्मचारी पेशागत महासंघ केन्द्रीय सदस्य गोरबहादुर बुढा प्रेस युनियन नेपाल डोल्पाका अध्यक्ष विष्णुप्रसाद देवकोटा प्रेस सेन्टर डोल्पाका अध्यक्ष रामचन्द्र न्यौपाने र प्रेस चौतारी नेपालका सचिव प्रेम थापा लगायतले भेलाको सफलताको शुभकामना दिएका थिए ।
यसै बीच प्रेस चौतारी परित्याग गरेर समाजवादी प्रेस संगठनमा प्रवेश गरेका कमल बुढालाई समेत प्रथम जिल्ला भेलाले स्वागत गरेको थियो ।कार्यक्रम प्रेस संगठन नेपालका तदर्थ कार्यसमितकिा अध्यक्ष लेख बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको छ ।