ताजा समाचार

पर्यटक आकर्षण गर्न सस्तिए फाेक्सुण्डाे पदमार्गमा संचालित  हाेटल तथा गेस्टहाउस

विष्णुप्रसाद देवकोटा

महंगो पर्यटकीय गन्तव्यकाे परिचय बाेकेकाे फाेक्सुण्डाे तालले  अब भने आफ्नाे परिचय बदलेकाे छ ।

डाेल्पाकाे सुलिगाडदेखि फाेक्सुण्डाे तालसम्मकाे गन्तव्यमा संचालित हाेटल तथा गेस्ट हाउसकाे मूल्य  निर्धारण गरिएसंगै स्वदेशी तथा विदेशी पर्यटकहरुकाे फाेक्सुण्डाे यात्रा महंगो छ भन्ने परिचय फाेक्सुण्डाेले बदलेकाे हाे ।

अलाैकिक प्राकृतिक सुन्दरता बाेकेकाे फाेक्सुण्डाे ताल र फाेक्सुण्डाे झरनाकाे प्राकृतिक मनाेरम छटाकाे दृश्यअवलाेकन गर्न डाेल्पा पुगेर फर्कने पर्यटकहरुवाट फाेक्सुण्डाे ताल र तालसम्मकाे गन्तव्यमा संचालित हाेटल तथा गेस्टहाउस संचालकहरुले महंगाे रकम असुलि गरिरहेको गुनासाे पर्यटकबाट आउन थालेपछि हाेटल तथा गेस्टहाउस र दैनिक उपभाेग्य बस्तुहरुकाे मूल्य निर्धारण गरिएकाे छ ।

शे फाेक्सुण्डाे पर्यटन समन्वय समितिकाे आयाेजना तथा शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज र विश्ववन्यजन्तु काेष नेपालकाे सहयाेगमा सुलिगाडदेखि फाेक्सुण्डाे ताल सम्मकाे पर्यटकीय पदमार्गवाट प्राप्त हाेटल मेन्युकाे पुनरावलोकन छलफल र अनुमाेदन कार्यक्रममा सहभागी सराेवालाकाे निर्णयवाट हाेटल तथा गेस्टहाउसकाे मूल्य निर्धारण गरिएकाे हाे ।

जिल्लास्थित सराेकारवालाकाे सहभागितामा गरिएकाे निर्णय अनुसार सुलिगाडमा संचालित हाेटलमा सादा खाना लाेकल ढिडाे र फापरकाे राेटी ३०० कागनीमा ३२५ साङ्टामा ३५० छेप्का ३५० रेची ३७५ साईजाेल ३८० र रिग्माे ४०० मूल्य निर्धारण गरिएकाे छ ।यसैगरि सुलिगाड दिख कागनीमा अम्लेट ५० साङ्टादेखि साईजाेलसम्मका हाेटलमा ८० र ताल रहेकाे रिग्माेमा १०० रुपियाँ कायम गरेकाे छ ।

चिकेन प्रति पिलेट सुलिगाडदेखि साङ्टा सम्मका हाेटलमा २०० छेप्का २५० रेचि देखि रिग्माे सम्म ३०० हुने छ ।सुकुटी साङ्टा देखि रिग्माे सम्मै प्रति पिलेट ४०० कायम गरेकाे छ ।सुलिगाडदेखि कागनीमा प्रति राेटी ३० साङ्टा देखि छेप्का प्रति पिस ४०  रेचि देखिसाईजल ४५ र रिग्माेमा ५० रुपिया रहेकाे छ ।

त्यस्तै गरि सुलिगाड भन्ने स्थानमा संचालित हाेटलमा प्रति पिलेट चनाकाे ४० कागनीमा ५० साङ्टा देखि रेचि सम्म ६० र साईजलदेखि रिग्माे सम्म ७० मूल्य कायम गरेकाे शे फाेक्सुण्डाे पर्यटन समन्वय समितिका अध्यक्ष नाेर्वु लामाले जानकारी दिए ।

यसैगरी पर्यटकलाई मर्का नपर्ने गरि कालाे र दूध चिया लगायत कफि लगायत काेकफेन्टा स्प्राईट रेडबुल फ्रुटी र चाउचाउकाे समेत समयसापेक्ष मूल्य निर्धारण गरेकाे अध्यक्ष लामाले जानकारी दिए ।उनका अनुसार दुई सय देखि १ हजार ५०० सय रुपियाँ सम्म नबढ्ने गरि काेठा भाडा निर्धारण गरेकाे छ ।

 यसअघि सुलिगाड देखि फाेक्सुण्डाे ताल सम्मका हाेटलसंचालक तथा गेस्टहाउस मालिकले पर्यटकबाट मनपरि रुपमा खाना चिया मासु लगायत जुसहरुमा चर्काे रकम असुल्ने गरेपछि पर्यटकहरुमा फाेक्सुण्डाे प्रति नकारात्मक सन्देश प्रवाहा भइरहेकाे थियाे ।

पर्यटकहरु प्रति गरिने ब्यवहार शैलीमा परिवर्तन ल्याई पर्यटकलाई मर्का नपर्ने किसिमकाे मूल्य निर्धारण गरेर विश्वमा फाेक्सुण्डाे यात्रा महंगाे छ भन्ने परिचय बदलेर बढिभन्दा बढि पर्यटक भित्रयाउनु  आबश्यक रहेकाे सहभागीकाे भनाई थियाे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्याम राेकाय शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बिश्वबाबू श्रेष्ठ बिश्व बन्यजन्तु काेष नेपालका चन्द्रजङ हमाल नागरिक समाज डाेल्पाका अध्यक्ष शेरबहादुर बुढा लगायत हाेटल ब्यवसायि विभिन्न कार्यालयका कार्यालय प्रमुख र संचारकर्मिले मूल्य निर्धारण संगै यसकाे कार्यान्वयनमा जाेड दिएमा फाेक्सुण्डाे यात्रा सहज सुलभ र सस्ताे छ भन्ने सन्देश दिन सके आगामी वर्षहरुमा फाेक्सुण्डाे ताल र तालसंगै जाेडिएकाे फाेक्सुण्डाे झरना हेर्न आउने पर्यटकहरुकाे संख्यामा  उल्लेख्य बृद्दि हुने अपेक्षा गरेका छन ।

 

तपाइको प्रतिक्रिया

error: Content is protected !!