ताजा समाचार

डाेल्पामा जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व   नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै  

विष्णुप्रसाद देवकोटा 

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व डाेल्पा लगायत देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइदै छ ।यस क्रममा डाेल्पाकाे प्रशिद्द धार्मिक पीठ श्रीवालात्रिपुरासुन्दरी भगवती मन्दिरमा विहानै देखि रक्षाबन्धन धारण गर्ने भक्तजनको  घुइँचो लागेकाे छ ।

वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।

तर डाेल्पामा अधिकांश भक्तजनहरु मन्दिरमा गएर मुलपुजारी लगायत रक्षाबन्धन बाध्न बसेका त्रिपुराकाेट गाउँका रैथाने ब्राह्मणहरुवाट डाेरी बाध्ने गर्छन ।

कतिपयले भने सदरमुकाम दुनैस्थित सरस्वती मन्दिर कालिका मन्दिर र जिप्रका प्राङ्गणमा स्थापना गरिएकाे भगवतीकाे मन्दिरमा रहेका पुराेहितबाट समेत रक्षाबन्धन धारण गर्ने गर्छन ।

रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनु भयाे।

मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!