ताजा समाचार

डाेल्पा अस्पताललाई जेनेरेटर सहयाेग

काठमाडौ निवासी दुईजना मनकारी ब्यक्तिले डाेल्पा जिल्ला अस्पताललाई जेनेरेटर सहयाेग गरेका छन ।

काठमाडौ निवासी सदनकुमार व्यान्जु र साेहिलमान तुलाधरले जेनेटर सहयाेग गरेका हुन ।सधै विद्दुत अभाव झेलिरहेकाे जिल्ला अस्पतालमा नियमित सेवा प्रवाहामा सृजित  समस्याका बारेमा डाक्टर अखण्ड उपाध्यायले केही समय अघि सामाजिक सन्जाल फेसबुकमा सामाग्री पाेष्ट गरेका थिए ।

जेनेरेटर  उपलब्ध भएपछि केही हदसम्म विधुत अभाव टर्ने बताउदै आफ्नाे सानाे आग्रह मार्फत सहयाेग उपलब्ध गराएकाेमा मनकारी सहयाेगी व्यान्जु र तुलाधरलाई डाक्टर उपाध्यायले धन्यवाद समेत ज्ञापन गरेका छन ।

व्यान्जु र तुलाधरले उपलब्ध गराएकाे जेनेरेटर काठमाडौ देखि डाेल्पा अस्पताल सम्म पुर्याउन तापरिचा माद्यामिक विद्यालयका  फाउण्डर सेम्दुक लामाले  समन्वय गरेका थिए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!