ताजा समाचार

विना विभेद र पार्दशि रुपमा काम गर्न कार्यालय प्रमुखलाई -प्रदेश मुख्यमन्त्री कडेलकाे निर्देशन 

विष्णुप्रसाद देवकोटा

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलले विना विभेद र पार्दशि रुपमा निर्भिक भएर काम गर्न जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुलाई  निर्देशन दिनु भएकाे छ ।

प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहाल सहितकाे जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुकाे जिल्ला समन्वय समितिकाे सभाहलमा भएकाे भेटघाट कार्यक्रममा मुख्यमन्त्री कडेलले उक्त निर्देशन दिनु भएकाे हाे ।

प्रदेश सरकारका तर्फवाट जिल्लामा आएकाे नीति तथा कार्यक्रमलाई सफल बनाउन जिम्मेवारीका साथ लाग्न आग्रह गर्दै अर्काेलाई देखाएर जिम्मेवारीबाट पन्छिन खाेजेमा आफ्नाे र सरकारकाे समर्थन नहुने भएकाले कार्यालयमा आएका विकास कार्यक्रम र वजेट जति सकिन्छ सुचना प्रकासित गरेर धेरै भन्दा धेरै  सार्वजिक गर्नु पर्नेमा जाेड दिनु भयाे ।

कार्यालयमा आएका याेजना बजेट र कार्यक्रम निष्पक्ष पार्दशि र निर्भिकता साथ सम्पन्न गरेमा आफ्नाे सहयाेग र समर्थन रहेने मुख्यमन्त्री कडेलकाे भनाई थियाे ।

साविकका कर्णालीका जिल्लामा अनुदान र कार्यक्रम पाउनु पर्ने किसानले नपाई  कागजी किसानले पाउने गरेकाे गुनासा धेरै भएकाले त्यस्ताे नगर्न चेतावनी दिदै विदाई दुखद हुने बताउनु भयाे ।

पुर्वाधार सिचाई लगायतका विकासी कार्यालयमा आएका ३० लाख सम्मका याेजनाहरु टेण्डर मार्फत गर्नु पर्ने र असाेज महिना भित्र टेण्डर खाेल्न सम्बन्धित कार्यालय प्रमुखलाई  मुख्यमन्त्री कडेलले सुझाउनु भयाे।

एक अर्काे प्रसङगमा भेरिकरिडाेर अन्तर्गतको छिन्चु डाेल्पा सडक सुविधा सम्पन्न गर्ने पहिलाे प्राथमिकता आफु रहेकाेले संघीय संरचनागत भएपनि प्रदेश सरकारकाे तर्फवाट घचघच्याउन पछि नपर्ने प्रतिबद्धता मुख्यमन्त्री कडेलले ब्यक्त गरे ।

आफुसंग भएकाे बजेटले गाेरेटाे बनाउने अरुलाई धराप बनाउन देखनउने स्थानीय सरकारका जनप्रतिनिधिले प्रबृत्तिमा परिवर्तन ल्याउनु पर्नेमा मुख्यमन्त्री कडेलले जाेड दिनु भयाे ।

राजनिती अरुकाे लागि नभई आफ्नाे समाज र सम्मानका लागि गरिने भएकाले एक्लै हिडेर कुनैपनि समस्याकाे समाधान नहुने भएकाले सबैलाई गाेलबन्द पारेर अगाडि बढ्न सक्नु पर्ने उल्लख गर्दै अरुले पैसा तिरेर पाटीमा बस्ने तर अपनत्वकाे भावना जागृत नगरि पाटी फेरबदल गरिरहने प्रबृत्तिका कार्यकर्ता हटाउन समेत एमालेका जिल्ला नेतृत्वलाई मुख्यमन्त्री कडेलले सुझाउनु भयाे ।

प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालले जिल्लाकाे शान्तिसुरक्षा अमैनचयन भाैतिक पुर्वाधार विकासकाे अवस्था लगायत धार्मिक सांस्कृतिक शैक्षिक पक्षकाे बारेमा जानकारी  गराउनु भएकाे थियाे ।

उपल्लाे डाेल्पाकाे शे फाेक्सुण्डाे गाउँपालिकाकाे शे गुम्बामा लाग्ने १२ वर्षे शे मेलामा भाग लिन हेलिकप्टर मार्फत  मुख्यमन्त्री कडेल र शहरी विकास तथा भाैतिक पुर्वाधार मन्त्री शेरबहादुर बुढा डाेल्पाकाे सदरमुकाम दुनै पुग्नु भएकाे थियाे ।

प्रतिकुल माैसमका कारण उपल्लाे डाेल्पामा आयाेजना हुनगइरहेकाे शे मेलामा जान नसकेपछि सदरमुकाम दुनैमा नेकपा एमालेका कार्यकर्तासंग भेटघाट तथा जिल्लास्थित कार्यालय प्रमुखसंग भेटघाट गरेर जिल्लाकाे बस्तुस्थित बारे जानकारी लिनु भएकाे थियाे ।

प्रतिकुल माैसमका कारण हेलि उपल्लो डाेल्पामा जाननसकेपछि मुख्यमन्त्री दुनैवाटै सुर्खेत फर्कनु भएकाे छ भने शहरी तथा भाैतिक पुर्वाधार मन्त्री बुढा गृह जिल्लामै बस्नु भएकाे छ ।प्रदेश स्थापना काल पछि डाेल्पा जिल्लामा आगमन गर्ने मुख्यमन्त्रीमा कडेल पहिलाे हुनु हाे ।हेलिकप्टरबाट आउदा मुख्यमन्त्री कडेल र शहरी तथा भाैतिक पुर्वाधार मन्त्री बुढालाई बाजागाजा सहित  नेकपा एमालेका कार्यकर्ता तथा सर्वसाधारणले फुलमाला लगाएर भब्य स्वागत गरेका थिए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!