ताजा समाचार

माेरिम्ला नाका खुलासंगै चाैरी मार्फत दैनिक उपभाेग्यबस्तुकाे ढुवानी गर्दै उपल्लो डाेल्पावासी

विष्णुप्रसाद देवकोटा

उपल्लो डाेल्पा र छिमेकी राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतको झाेङ्वा प्रदेशकाे सिमा नाका माेरिम्ला । ५ वर्ष पछि दुई देश विचकाे सिमा निश्चित समयका लागि खुला गरिएकाे छ ।

याे दुई देश बीचकाे सिमा नाका १७ साउन २०८१ बाट क्यापारिक प्रयाेजनकाे लागि १५ दिनका लागि याे वर्ष खुला गरिएकाे छ ।जहाँ चिनिया ब्यापारीक मेला लागेकाे छ ।

उपल्लो डाेल्पावासी सहित डाेल्पाली यार्चागुम्बु ब्यापारी त्यहीँ ब्यापारी मेलाकाे अवसरमा बहुमुल्य जडिबुटी यार्चागुम्बु  विक्री गर्छन ।

जडिबुटी विक्रीवाट उपल्लाे डाेल्पावासीले नगद र एक वर्षभरि पुग्ने दैनिक उपभोग्यबस्तु लत्ताकपडा खरिद गरेर ल्याउंछन ।अन्य डाेल्पालीले भने यार्चागुम्बु विक्रीवाट मनग्ये नगद आम्दानी गर्ने गर्छन ।

उपल्लो डाेल्पावासीले उक्त ब्यापार मेलावाट खरिद गरेका दैनिक उपभाेग्य सामाग्री र लत्ताकपडा याक चाैरी मार्फत ढुवानी गर्ने गर्छन ।

विगतमा दुई देशकाे सिमा क्षेत्रमा हुने ब्यापारिक मेलामा प्रवेशकाे लागि सम्बन्धित सरकारकाे सिमा प्रवेश अनुमतिपत्र नचाहिने गरेकाेमा याे वर्षवाट भने निश्चित समय र निश्चित उद्देश्यका  लागि लाग्ने ब्यापारिक मेलामा सिमा सुरक्षालाई दृष्टिगत गरि प्रवेश पत्रकाे ब्यवस्था लागू गरिएकाे छ ।जिल्ला प्रशासन कार्यालय डाेल्पाबाट मात्र याे वर्ष  झण्डै दुई हजार सिमा पास जारि भएकाे बताइएको छ

तपाइको प्रतिक्रिया

error: Content is protected !!