ताजा समाचार

डाेल्पामा समाज जागरण केन्द्र(स्याक)र प्लान नेपालद्वारा  संचालित परियाेजना प्रभावकारी 

विष्णुप्रसाद देवकोटा

डोल्पा,पुस २५ गते ।समाज जागरण केन्द्र(स्याक)र प्लान इन्टरनेशनल नेपालको संयोजनमा डोल्पाका विभिन्न विद्यालयमा संचालित परियोजना अन्तर्गतका कार्यक्रमहरु प्रभावकारी भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।

समाज जागरण केन्द्र(स्याक)र प्लान इन्टरनेशनल नेपालद्वारा ठूलिभेरी, त्रिपुरासुन्दरी नगरपालिका लगायत काइके र छार्काताङसोङ गाउँपालिकामा शैक्षिक विकासका परियोजना अन्तर्गत विभिन्न कार्यक्रम संचालनमा छन ।

कार्यक्रमको प्रभावकारिता परियोजनाले समाजमा पारेको प्रभाव परियोजना कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपाय खोजिको लागि जिल्ला समन्वय समितिको सभाहलमा आयोजित परियोजना सल्लाहाकार समन्वय समितिको समिक्षात्मक बैठकमा विभिन्न क्षेत्रमा विभिन्न चरणमा संचालित कार्यक्रम प्रभावकारी रहेको बताइएको  हो ।

परियोजना सल्लाहाकार समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा बसेको सरोकारवालको बैठकमा प्लान इन्टरनेशनल नेपालको ऐतिहासिक पृष्ठभूमि संस्थाको उद्देश्य र परियोजना लागु भएका क्षेत्रको वारेका प्रकाश पार्ने क्रममा क्षेत्रिय ब्यवस्थापक मिना पराजुलीले युएसएआईडीको समावेशी र समतामुलक शिक्षा कार्यक्रम अन्तर्गत कक्षा ६ देखि १० सम्मका सीमान्तकृत समुदायका बालवालिकाको सिकाई उपलब्धीमा समतामुलक सुधार गर्नु,साझेदार संस्थाको रुपमा किर्डाकमार्फत ठूलिभेरीनगरपालिका र त्रिपुरासुन्दरी नगरपालिका जगदुल्ला, शे फोक्सुण्डो र डोल्पोबुद्द गाउँपालिका समेतका १५ ओटा माद्यमिक विद्यालयमा अक्टोबर  २०२३ देखि सेटेम्बर सन २०२८ सम्मको अवधीमा समतामुलक र समावेशी शिक्षा कार्यक्रम लागुभई संचालन भइरहेको जानकारी दिनु भयो ।

समाज जागरण केन्द्र(स्याक)का कार्यकारी निर्देशक टिकाराम आचार्यले आफ्नो परियोजनाले समाबेशी कार्यमा विश्वास राख्ने बताउनु भयो ।

कार्यक्रम लागु क्षेत्रको बस्तुस्थितीको जानकारी कार्ययोजना निर्माण आपसी सम्बाद समुदाय लक्षित बर्ग रणनीतिक पद्दती अनुसरण लक्षित बर्गको क्षमता विकास र पैरवी जस्ता काम गर्ने गरिएको पनि कार्यकारी निर्देशक आचार्यले जानकारी दिनु भयो ।

जीवनशैली संरक्षण शिक्षा स्वास्थ्य र पोषण लगायत संस्थागत विकासका साथै सीमान्तकृत बालवालिका एकल महिला अपाङ र दलितलाई प्राथर्मिकता दिएर परियोजना कार्यान्वय गरिदै आएको समेत निर्देशक आचार्यको भनाई थियो ।

जलवायु परिर्वतनको क्षेत्र र शिक्षा क्षेत्र विकास योजना निर्माणको क्रममा स्थानीय सरकारसंग हातेमालो गरि काम गरिरहेको समेत उहाँले बताउनु भयो ।

विद्यालयहरुमा अफलाईन डिटिलाइज शैक्षिक सामाग्री मार्फत अध्यायन किशोरकिशोरीलाई किशोरी सशक्तीकरण परियोजना मार्फत नेतृत्व विकास कार्यक्रम लगायत धेरै कार्यक्रमहरु संचालनमा रहेको स्याकले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले स्थानीयको आवश्यकता र बस्तुस्थितीकोको आधारमा रहेर कार्यक्रम कार्यान्वयनमा ल्याउन सके प्रभावकारी हुने बताउनु भयो ।जोसंग जुन क्ष्मता छ सोही अनुसार अगाडी बढ्नु पर्छ भन्ने मान्यताले अहिले काम भइरहेको उल्लेख गर्दै गैह्र सरकारी संस्थाले स्थानीय सरकारसंग समन्वय गरेर काम गर्नु पर्नेमा जोड दिनु भयो ।

डोल्पामा सडक पहुँच पुगेसंगै लागुऔषध  दुर्वयसनका घटनामा बृद्दि हुने भएकाले समयमै यसतर्फ सचेतता अपनाउन र यस सम्बन्धि शिक्षा विद्यलाय बालवालिकालाई दिन आवश्यक रहेको प्रजिअ महतले जोड दिनु भयो ।

प्रमुखअतिथि तथा परियोजना सल्लाहाकार समन्वय समितिका संयोजक श्यामबहादुर रोकायाले स्थानीय सरकारका जनप्रतिनिधि क्रियासिल हुनु पर्ने बताउनु भयो ।

स्थानीय सरकारसंग सहयोगी यात्रीको रुपमा आउने गैससहरुले हल्लाखल्ला गरेर केहि समयपछि बाहिर जाने भएकाले हरेक क्षेत्रमा अपनत्वको महशुस हुने गरि स्थानीय सरकारले काम गर्नु पर्ने रोकायाको भनाई छ ।

सबै भन्दा समाज रुपान्तरण र विकासको लागि मानवीय सोचमा सकारात्मक परिर्वतन ल्याउन आवश्यक रहेको उल्लेख गर्दै समन्वयप्रमुख रोकायाले आफ्नो समस्या आफैले समाधान गर्न सकिन्छ भन्ने तर्फ लागेर परनिर्भरमुखि हाम्रो सोचमा परिर्वतन आउनु आवश्यक रहेको बताउनु भयो ।

जिल्ला समन्वय प्रमुख प्रमुख जिल्ला अधिकारी नागरिक समाज सहयोगी संस्थाका प्रमुख सहितको टोलीले त्रिपुरासुन्दरी नगरपालिका–१० लिकुस्थित जनप्रभा माबि लिकु र ठूलिभेरीनपा –८ जुफालमा रहेको आर्दश माबि लगायतका परियोजना संचालित विद्यालयहरुको स्थलगत अनुगमन गरेर कार्यक्रमको प्रभावकारीता के कस्तो रहेको पाइयो भन्ने बारेमा सरोकारवालको समिक्षात्मक बैठक गरेर अवको परियोजना प्रभावकारी बनाउने तर्फ के कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा समेत छलफल गरिएको थियो ।कार्यक्रममा ठुलिभेरी नगरउपप्रमुख छिरिङ डाेल्मा महत त्रिपुरासुन्दरी नपा उपप्रमुख देवी घर्ती लगायत कार्यालयका प्रमुख र संचारकर्मीकाे उपस्थिति रहेकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!