पुर्ण कुमार/ डोल्पा न्युज
मंसिर १४, डोल्पा
हिमाली जिल्ला डोल्पाको लिकु स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ।
त्रिपुरासुन्दरी नगरपालिका १० मा अवस्थित लीकु स्वास्थ्य चौकीलाई शुक्रबार स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख सिजन रावलको प्रमुख आतिथ्यमा तथा त्रिपुरासुन्दरी १० का वडा अध्यक्ष्य ललित प्रसाद गिरीको सभाध्यक्षमा स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य चौकी घोषणा गरिएको त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तुल बहादुर श्रेष्ठले जानकारी दिनु भयो। लिकु स्वास्थ्य चौकी पोषण मैत्री स्वास्थ्य संस्था घोषणा हुने जिल्लामै पहिलो स्वास्थ्य चौकी बनेको छ ।
स्वास्थ्य संस्थाले आफ्नो क्षेत्र भित्र पर्ने ६ महिना देखि ५९ महिना भित्रका बालबालिकाले वर्षमा २ पटक भिटामिन’ए’क्याप्सुल वितरण गरेको र जसको प्रतिशत ९०%भन्दा माथि , १२ देखि ५९ महिनाका बालबालिकाहरूले जुकाको औषधि वर्षमा २ पटक पाएको प्रतिशत ९० भन्दा माथि , २४ महिना सम्मका बालबालिकाले नियमित वृद्धि अनुगमन गरेको औसत पटक , पुर्ण खोप युक्त स्वास्थ्य संस्था घोषणा लगाएतका पोषण मैत्रीका लागि आवस्यक स्वास्थ्यका सबै १६ सुचक पुरा गरे पछि स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको शाखा प्रमुख श्रेष्ठले जानकारी दिनु भयो।
घोषणा कार्यक्रमको प्रमुख अतिथि बनेका स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डा. रावलले पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरेर मात्रै नहुने र यसलाई दिगोपना कायम राख्नु पर्नेमा जोड दिनु थियो।
त्यस्तै त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरलाले पोषण मैत्री स्वास्थ्य संस्था बनाउन अहम भुमिका खेल्ने सम्पुर्ण स्वास्थ्य कर्मीलाई धन्यवाद व्यक्त गर्दै राम्रो काम गर्ने कर्मचारीलाई नगरपालिकाले सधैं साथ दिने बताउनु भयो।
घोषणा कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका डा. रावल, निमित्त प्रमुख धरला, वडा नं १० का अध्यक्ष गिरी, एमडीआइ नेपाल डोल्पाका प्रमुख रघुवीर थापा, वडा नं ११ का अध्यक्ष्य चन्द्ररुप डसाल, जिल्ला अस्पताल डोल्पामा कार्यरत स्वास्थ्य कर्मी गंगा ओझा लगाएतको उपस्थिति रहेको थियो।