ताजा समाचार

स्वास्थ सेवा कार्यालय डाेल्पाकाे दुई दिने बार्षिक समीक्षा कार्यक्रम ब्ल्युसिप हाेटल दुनैमा शुरु

डाेल्पान्युज डेक्स

आर्थिक बर्ष २०८०/२०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुकाे बार्षिक समीक्षा तथा बार्षिक याेजना तर्जुमा सम्बन्धि दुई दिने गाेष्ठी डाेल्पाकाे दुनैमा शुरु भएकाे छ ।

बर्षभरि भए गरेका कार्यक्रमकाे समीक्षा कार्यक्रम संचालनकाे क्रममा  देखिएका समस्या र समाधानकाे उपाय खाेजीगरि आगामी  बर्षका याेजना तर्जुमा गर्ने उद्देश्यले जिल्ला स्वास्थ्य सेवा कार्यालय डाेल्पाकाे आयाेजनामा ब्लु सीप हाेटलमा शुरु भएकाे हाे ।कार्यक्रमकाे प्रमुख अतिथि तथा जिल्लासमन्वय समितिका उपप्रमुख तेजेन्द्र बुढाले पानसमा दिपप्रज्वलितका साथै ब्यानर खाेलेर उद्घाटन गर्नु भएकाे थियाे ।

कार्यक्रममा जिल्ला स्वास्थ्य सेवा कार्यालय दुनैका प्रमुख डाक्टर रत्नवीर सुनारले स्वास्थ्य सेवा कार्यालय मार्फत संचालित कार्यक्रम र त्यसक्रममा देखिएका समस्याहरुकाे प्रस्तुति गर्नु भएकाे थियाे ।डाेल्पा भुगाेलले ठुलाे र छरपस्ट रुपमा रहेका मानवबस्तीका कारण ठुलाे चुनाैतिका साथ स्वास्थ्यकर्मीले सेवाप्रवाहा गर्नु परिरहेकाे डाक्टर सुनारले बताउनु भयाे ।

डाेल्पा जिल्लाले प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवाप्रवाहाकाे लागि करार र अस्थाई भन्दा पनि स्थाई जनशक्ति ब्यवस्थापनमा जाेड दिनु पर्ने डाक्टर सुनारकाे जाेड थियाे ।

विगतकाे तुलनामा स्वास्थ्य सेवा प्रवाहाकाे अवस्था सुधारउन्मुख रहेकाे उल्लेख गर्दै दुर्गम विकट भएकाले इन्टरनेट लगायत नयाँ प्रविधिमैत्री उपकरणकाे अभाव रहेकाे अधिकांश स्वास्थ्य संस्था सेवाग्राहीकाे लागि अपायक रहेकाेले पनि भने अनुरुपकाे उपलब्धि हात पर्न नसकेकाे भनाई डाक्टर सुनारकाे भनाई रह्याे ।

विगतमा आैषधि अभावले छट्पटीनु पर्ने अवस्थावाट विस्तारै मुक्त हुँदै गएकाे र डाेल्पामा १७ ओटा बर्थिङ सेन्टर मार्फत प्रसुति सेवा उपलब्ध भइरहेकाे भएपनि आवश्क उपकरण दक्षजनशक्तिकाे अझै अभाव रहेकाे उल्लेख गर्दै पुर्ण खाेप कार्यक्रमलाई थप प्रभावकारी बनाउन उपल्लो डाेल्पाकाे डाेल्पाेबुद्द गाउंपालिकाकाे धाे र मध्य डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाकाे त्रिपुराकाेटमा खाेप स्टाेर सेन्टर स्थापना गर्नु पर्नेमा जाेड दिनु भयाे ।

डाक्टर सुनारका अनुसार डाेल्पामा कालाजार राेगवाट अहिले सम्म तीन जनाकाे मृत्यु भएकाे विशेष गरि डेङ्गाे र कालाजार राेग प्रमुख चुनाैति रहेकाले समयमै सतर्कता अपनाउनु पर्ने र हाल जिल्ला अस्पताल नयाँ भवनमा संचालनभई आमा कुरुवा भवन र पाेष्टमार्टम भवन समेत निर्माणाधीन अवस्थामा रहेका छन ।

चिकित्सा शाख प्रमुख डाक्टर अखण्ड उपाध्यायले बदलिँदो समयक्रमसंगै अस्पतालकाे सेवासुविधा भाैतिकसंरचनामा बदलाब आएपनि बजारदेखि अस्पताल प्राङ्गण सम्म विरामी लैजाने बाटाेकाे विकास नभएकाे नियमित खानेपानि र विधुत अभावले बर्षाैदेखि समस्या झेल्दै आउनु परेकाे बताउनु भयाे ।

अहिले पनि कतिपय पालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा आैषधि नहुंदा महंगाे भाडा तिरेर पचास रुपैयाकाे सिटामाेलकाे लागि सर्वसाधारण जिल्ला अस्पतालसम्म आउनु पर्ने बाध्यता यथावत रहेकाे पनि डाक्टर उपाध्यायकाे भनाई थियाे ।

दुई दिन सम्म संचालन हुने गाेष्ठीमा जिल्लाका ८ वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाका प्रमुखहरुले स्वास्थ संस्थाकाे वर्तमान अवस्था देखिए समस्या सम्पन्न कार्यक्रम र चुनाैति देखि समाधानका बारे पालिकास्तरकाे प्रस्तुति रहने छ ।गाेष्ठीकाे पहिलाे दिन जिल्लाअस्पताल स्वास्थ्य सेवा कार्यालयकाे प्रस्तुतिसंगै त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य सेवा ईन्चार्ज तुलबहादुर श्रेष्ठ र छार्काताङसाेङ गाउपालिकाका स्वास्थ्य इन्चार्ज बुद्दि धरालाले प्रस्तुति गर्नु भएकाे थियाे ।

कार्यक्रमकाे पहिलाे दिन विशेष अतिथि त्रिपुरासुन्दरी नगरपालिका उपप्रमुख देवि घर्ती ठुलिभेरीनगरपालिकाका प्रमुख श्ववर्ण बुढा सहायक प्रमुख जिल्ला अधिकारी दामाेदर ज्ञवाली ठुलिभेरी नगरपालिका वडानम्वर३ का वडाअध्यक्ष भक्त भण्डारी उध्याेग वार्णिय संघ डाेल्पा अध्यक्ष लालिमान बुढा लगायत स्वास्थ्य संग सम्बन्धित विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिकाे सहभागिता रहेकाे कार्यक्रम भदाै २७ गते सम्म संचालन हुने छ ।

दुई दिन सम्म संचालन हुने बार्षिक समीक्षा  तथा याेजना तर्जुमा गाेष्ठीमा स्वास्थ्य संस्थाहरुकाे बार्षिक कार्यक्रमकाे स्वमुल्याङकन तथा समीक्षा स्वास्थ्य सेवा प्रवाहा गर्दा आइपरेका समस्या र समाधानका उपाया स्वास्थ्य सेवा र तथ्यांक सुधारका लागि आवश्यक छलफल लगायत प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक मार्गनिर्देशनका साथै आगामी कार्ययोजनामा केन्द्रित रहि विचारविमर्श गरिने स्वास्थ्य सेवा कार्यालय डाेल्पाले जनाएकाे छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!