ताजा समाचार

कृषि विकास बैंक डोल्पा शाखाकाे ५८ औं वार्षिक उत्सव , साेह्र जना असल ग्राहक सम्मानित

डोल्पा, माघ ७ गते । कृषि विकास बैंक डोल्पा शाखाले ५८ औं वार्षिक उत्सवकाे अवसर पारेर असल र इमानदार ग्राहकहरुलाई सम्मान गरेको छ ।

नियमित कारोबार गर्ने असल वर्गमा पर्ने आफ्ना ग्राहकहरुलाई खादा, अबिर र प्रमाणपत्रद्धारा सम्मान गरेको हाे ।  बैंकका डोल्पा शाखा प्रवन्धक प्रदिप पाण्डे र ठुलीभेरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष भक्तबहादुर भण्डारीले सम्मानपत्रका साथ असल ग्राहकहरुलाई सम्मान गर्नु भएको थियो ।

सम्मानित हुनेहरुमा धर्मसिंह रोकाया, चन्द्रबहादुर रोकाया, राजकुमारी थापा, पठाने भन्ने धुलाल कामी, केशव बुढा, रामदेव राय यादव र विशाल रोकाया रहेका छन ।

यसैगरी केशवराज जोशी, सत्य कठायत, उर्केन तोर्चे बुढा, निमा लामा, छिमे बैजे, चन्द्रबहादुर शाही, राजकुमार के.सी., दत्त ठकुल्ला, क्षितिज गुरुङ लगायतलाई सम्मान गरिएको बैङ्कका  व्यवसाय सहायक प्रेम चपाईले जानकारी दिनु भयो ।

लगानी गर्न चाहनेहरुका लागि कृषि विकास बैंक सदैब अग्र स्थानमा रहेको शाखा प्रबन्धक प्रदिप पाण्डेले बताउनु भयो । विभिन्न २० वाणिज्य बैंकहरु मध्ये ग्राहकका हिसाबले अग्र स्थानमा रहेको कृषि विकास बैंक डिजिटल प्रविधिबाट सेवा प्रवाह गरिरहेको प्रवन्धक पाण्डेकाे भनाई थियाे ।

ग्राहकलाई छिटो छरितो  बिना झन्जट सरल रुपमा सेवा प्रवाह गरिरहेको समेत दावी गर्नु भयो ।  कार्यक्रममा ठुलीभेरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष भण्डारी, सम्मानित हुने असल ग्राहकहरु, विभिन्न बाणिज्य बैंकका प्रतिनिधिहरु, पत्रकारहरु र शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया