विष्णुप्रसाद देवकोटा
डोल्पा,९ भदौ । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले प्रदेशभरका जिल्लामा विनियोजित बजेटको रातो किताब स्थानीय तहमा हस्तान्तरण गर्न थालेको छ। यसअन्तर्गत पुर्वाधार विकास कार्यालय डोल्पाले २०८२ भदौ ९ गते डोल्पा जिल्लास्थित ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा औपचारिक रूपमा रातो किताब हस्तान्तरण गरेको हो।
योजनाको पारदर्शिता र स्थानीय तहको पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित सुरु गरिएको यस अभियानअन्तर्गत जिल्लाका अन्य पालिकाहरूमा पनि क्रमशः बजेट विवरण हस्तान्तरण हुँदैछ। अब हरेक नागरिकले आफ्नै पालिकामा प्रदेश सरकारका विनियोजित योजना र बजेट सहजै हेर्न र बुझ्न सक्ने व्यवस्था मिलाइने भाैतिक पुर्वाधार विकास कार्यालय दुनैका प्रमुख इन्जिनियर टेक हितानले बताए ।
स्थानीय तहमा प्रत्यक्ष रूपमा योजना विवरण उपलब्ध भएपछि विकाससम्बन्धी सार्वजनिक निगरानी र सहभागिता बढ्ने अपेक्षा गरिएको छ।

डोल्पा न्यूज । ९ भाद्र २०८२, सोमबार १९:३१