शे-फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिकाे अध्यक्षमा नर बहादुर बस्नेत निर्वाचित हुनुभएको छ।
मालिका मध्यवर्ती क्षेत्र उपभोक्ता समिति जगदुल्लाका अध्यक्ष समेत रहेका बस्नेत मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षमा निर्वाचित हुनुभएको हाे।
निर्वाचित अध्यक्ष बस्नेतले ९ मत प्राप्त गर्नुभएको थियाे भने प्रतिद्वन्दी फाेक्सुण्डाे मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष समेत रहेका तेजेन्द्र गुरुङले ६ मत प्राप्त गर्नुभएको छ।
शे-फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज भित्र पर्ने जम्मा १७ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति मध्य एउटा हाल सम्म गठन नभएकाे र एक जना अध्यक्षले मतदान नगरेपछि जम्मा १५ मत खसेको थियाे ।
निकुञ्ज क्षेत्र भित्रका मध्यवर्ती क्षेत्र उपभोक्ता समितिहरुका अध्यक्षहरुले उनै अध्यक्ष मध्य एक जनालाई मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिकाे अध्यक्ष चुन्ने प्रवाधान रहेकाे छ।
समितिमा एक जना निर्वाचित अध्यक्ष राष्ट्रिय निकुञ्जका प्रमुख सदस्य सचिव र उपभोक्ता समितिका अध्यक्षहरुले सदस्य रहने व्यवस्था रहेकाे छ। समितिकाे कार्यकाल पाँच बर्षकाे हुन्छ।