असोज १६, डोल्पा
नशा र हड्डीको रोग सग लडिरहेका भास्कर नेपालीलाई आर्थिक सहयोगको अपील गरिएको छ। डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ रल्लीका १२ वर्षीय बालक भास्कर नेपालीको उपचारको लागि उनको परिवार द्वारा सहयोगको अपील गरिएको छ। आर्थिक रूपमा विपन्न नेपाली करिब साढे १ महिना देखि भारतको सोलान एमबिविएस हस्पिटलमा उपचाररत छन ।
करिब २ वर्ष देखि यो रोगले ग्रसित नेपालीको परिवार माध्यम स्तरको परिवार हो।
स्वास्थ्यमा एक्कासी समस्या आएपछि स्थानीय स्वास्थ्य संस्था सगै जिल्ला अस्पताल डोल्पा हुँदै सुर्खेत र नेपालगञ्ज सहरका प्रमुख हस्पिटलहरुमा चेकजाँच गरिएको थियो।
त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपालीलाई उपचारको लागी भारत लगिएको हो। नेपालीको दायाँ खुट्टामा प्वाल परी हड्डी र नशामा समस्या रहेको छ।
घरको आर्थिक अवस्था कमजोर रहेको र उपचारमा ठुलो रकम लाग्ने अस्पतालले बताएपछि विमारीको परिवार समस्यामा परेको छ। सकेजति आर्थिक सहयोग गरी आफ्नो छोरा भास्करलाई बचाईदिनु हुन उनका बुबा रणवीर नेपालीले आग्रह गरेका छन्।
सहयोगको लागि आवश्यक सम्पर्क
बीमारीको नाम: भास्कर नेपाली
उमेर: १२ वर्ष
बिमारीको बुवा: रणवीर दमाई
बैंकको नाम: माछापुछ्रे बैंक लिमिटेड
खाता नं: ०९०००६८१०२४०००१६
ठेगाना:- त्रिपुरासुन्दरी ०१ रल्ली डोल्पा
हाल उपचार भइरहेको ठेगाना : सोलान एमबीबीएस हस्पिटल भारत