डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- १ त्रिपुराकाेटस्थित त्रिपुराकोट स्वास्थ्य चौकीमा संचालित तीन दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ।नगरपालिकाकाे ग्रामीण भेगमा विभिन्न राेगले थलिएका आठ सय पैसठ्ठी जना बिरामीले निशुल्क विशेषज्ञ सेवा सहितको उपचार पाएका छन ।
सामान्य उपचारको लागि लाखौं रकम खर्च गरी काठमाण्डौं , सुर्खेत, नेपालगञ्ज जस्ता शहर जानु पर्ने डोल्पा बासी यतिखेर घर आगनमै तीन दिने निशुल्क शिविर बस्दा खुसी भएका थ थिए ।सम्पूर्ण विशेषज्ञ सेवा एउटै छानाभित्रबाट दिईएकाेले राेगले ग्रस्त,गरिव विपन्न व्यक्तिकाले सुनाैलाे अवसरकाे रुपमा सर्वसाधारणले लिइएकाे स्वास्थ्य सेवा संयाेजक तुलबहादुर श्रेष्ठले बताए ।
त्रिपुरासुन्दरी नगरपालिकाको आयोजनामा तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोगमा असाेज २५ गतेवाट निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन भएको थियो । शिविरमा हाडजोर्नी तथा नशा सम्बन्धी रोग, दन्त रोग, बाल रोग, छाला तथा यौन रोग, स्त्री तथा प्रसुती रोग र भिडियो एक्स–रे सम्बन्धी सेवा दिइएको थियो ।