ताजा समाचार

त्रिपुरासुन्दरी महोउत्सबका एकल स्टलकर्ता– बोहोरा

डोल्पा,कार्तिक २३ गते ।श्री सुनदह फलफुल तथा नर्सरी व्यवसायी उद्योगको नाम जिल्लामा प्राय कमैलाई थाहा होला ।यो उद्योग त्रिपुरासुन्दरी नगरपालिका–३ जिउका कर्मठसिल कृषक रणजित बोहोराको नाममा दर्ता भएको एक व्यवसायिक कृषि फर्म हो ।

जिल्ला प्रदेश र संघिय राजधानी काठमाण्डौमा आयोजना गरिने कृषि प्रदर्शनी होस या महोउत्स नै किन नहोस रणजित बोहोरा आफ्नो उद्योगको ब्यानरसहितको स्टल खडा गर्न पुगि हाल्छन ।व्यापार गरेर आम्दानी गर्नुमात्र नभई हिमाली जिल्ला डोल्पामा उत्पादित गरिने अर्गानिक खाद्यबस्तु र फलफुलको प्रचारप्रसार गरि जिल्लालाई विश्वसामु चिनाउनु आफ्नो उद्ेश्य रहेको बोहोरा बताउँछन ।

त्रिपुरासुन्दरी नगरपालिकाले कार्तिक १५ देखि २२ सम्मआयोजना गरेको श्रीबालात्रिपुरासुन्दरी धार्मिक तथा सांस्कृतिक महोउत्सवमा पनि रणजित बोहोराले आफ्नो उद्योगको व्यानरसहितको स्टल खडा गरे ।आठ दिन सम्म संचालन भई सम्पन्न भएको महोउत्सब स्थलमा बोहोरा एकल स्टलकर्ता बन्न पुगे ।अन्य ठाउँमा आयोजना गरिने कृषि प्रदर्शनी महोउत्सब र मेलामा स्टल राख्नको लागि तँछाडमछाड हुने गरेकोमा त्रिपुरासुन्दरी महोउत्सबमा भने श्री सुनदह फलफुल तथा नर्सरी व्यवसायीक उद्योगको नाममा मात्र एउटा स्टल थियो ।

महोउत्सब हेर्न र रमाउन आएका दर्शकहरुको आर्कषणको केन्द्रविन्दुमा पर्न सकेको कृषि व्यवसायी बोहोराको अर्गानिक विशेषता सहितको उद्योग ब्यानर पनि एक हो ।हँसिलो मुहारमा महोउत्सब स्थलभित्र मनोरन्जन लिन आएका दर्शकहरुलाई अर्गाानिक खाउँ ज्यान बनाउ भन्दै स्थानीय उत्पादनको प्रचारप्रसार गरिरहेका हुन्थे बोहोरा ।स्थानीय दाँते ओखर,स्याउ स्याउका चाना,बदाम,स्थानीय अर्गानिक उत्पादन चिनो,कोदो कागुनो,फापर,कालो सिमि र काँक्रो समेत बोहोराको एकल स्टलमा किन्न पाइन्थ्यो ।

त्यस्तै गरी स्याउबाट बनेको जाम जुस र किबि समेत पाइने भएपछि दर्शकहरुको आर्कषणको केन्द्र बनेको अर्गानिक स्थल।त्रिपुरासुन्दरी नगरपालिकाले पहिलो पटक स्थानीय कृषकको फारममा फलेको अंगुर खरिदगरेर उत्पादन गरेको वाईन समेत बोहोराको स्टलमा पाइन्थ्यो ।सांङ्गितिक क्षेत्रका चर्चित लोक गायक पुस्कल शर्मा समिक्षा अधिकारी र शान्तिश्री परियार लगायत स्थानीय कलाकारहरुको बेजोड सांगितिक प्रस्तुती भएको महोउत्सबमा मनोरन्जन लिन पुगेका दर्शकहरु सबैको लागि रणजित बोहोराको स्टल थप आर्कषण बनेको पाइन्थ्यो ।सत्ताईस बर्षसम्म शिक्षण पेसामा रहेका रणजित बोहोरा असल गुरु मात्र नभई एक कुसल असल र कर्मठसिल कृषक समेत हुन ।

०७७ बैशाख १५ गते उमेर हदका कारण शिक्षण पेशाबाट बिदाई लिएका बोहोरा यतीखेर उमेरले बइसठ्ठी बसन्त पार गरे ।उनी असल गुरुको रुपमा मात्र नभई एक उद्यमसिल कृषकको रुपमा समेत आफुलाई चिनाउदै आएका थिए ।पछिल्लो समय उनी जिल्ला भित्र मात्र नभई बाहिरपनि डोल्पाका अर्गानिक कृषि बाबा नामले परिचित हुदै आएका छन ।डोल्पा न्युज डटकमसंगको भलाकुसारीमा बोहोराले आफुले शिक्षण पेशासगै कृषिलाई पनि जोडेर लिएकाले कृषि पेशा आफुलाई धेरै मन पर्ने बताए ।

उनले भने म अहिले पनि शिक्षण पेशा असल र सम्मानित भएपनि शिक्षक भन्दा कृषकको रुपमा परिचित हुन मनपराउँछु ।कृषि ब्यवसायवाट बार्षिक पाँच लाख भन्दा बढिको आम्दानी गर्दै आएको बताउने बोहोरा शिक्षण पेशाको कमाइले परिवारको एकसरो लुगा र दुई छाक टार्नमै सिमित हुने बताउँछन ।अबको आफ्नो बाँकी जीवन कृषि ब्यवसायमा वित्ने बताए ।आफ्नो स्याउ फारममा ४५० ओटा विरुवाले उत्पादन दिइरहेको र थप १५० ओटा स्याउका विरुवा लागइएको उनले बताए ।

यसै गरी ४५ ओटा दाँते ओखरले उत्पादन दिइरहेको र थप एक सय विरुवा नयाँ लगाएको बताउने बोहोरा आफ्नो उत्पादन प्रदेश राजधानी सुर्खेत काडमाण्डौ लगायतका शहरी बजारमा समेत पुग्ने गरेको बताउँछन ।लगनशिलका साथै कृषि ज्ञान समेत लिएर कृषिकर्म गरे सम्मानित र तनावरहित जीवन जीउन समस्या नहुने उनको भनाई छ ।

नगरपालिकाले आयोजना गरेको महोउत्सब डोल्पाको परिवेशमा समयानुकुल नभएपनि यसले स्थानीय कृषि तथा फलफुल लगायतको अर्गानिक उत्पादन र पर्यापर्यटनको प्रचारप्रसारमा सकरात्मक सन्देश दिन सफल भएको बोहोराले बताए ।

महोउत्सबले केहि हदसम्म भएपनि आन्तरिक पर्यटकलाई डोल्पा चिनाउन सफल हुने उनको भनाई छ ।रणजित बोहोरा कृषि क्षेत्रका एक उदाहरणीय प्रतिनिधिमुलक पात्र मात्र हुन ।सामान्य देखि उच्च शिक्षा हासिल गरेर बेरोजगारी जीवन बरालिदै गरेका युवाबर्गलाई आफ्नो शैदान्तिक ज्ञानलाई कृषि कर्ममा रुपान्तरण गरी ब्यवसायीक रुपमा कृषि कर्म गर्न सके आर्थिकोपार्जनमा समस्या नहुने सुझाउछन ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!