ताजा समाचार

नेकपा (एमाले)डाेल्पाले गणतन्त्रको पक्षमा डाेल्पामा जनप्रदर्शन गर्ने

देशभर राजावादीको सरकार र ब्यवस्था विपरीत जनप्रदर्शन भइरहेकाे बेला नेकपा (एमाले)डाेल्पामा पनि  गणतन्त्रको पक्षमा जनप्रदर्शन गर्ने भएको छ ।

नेकपा (एमाले)डोल्पाको सचिवालय बैठकले केन्द्रीय निर्देशन अनुसार चैत्र १८ गते गणतन्त्रको पक्षमा र्याली सहित जनप्रदर्शन र जागरण सभा गर्ने भएकाे हाे ।

नेकपा (एमाले)डोल्पाका पार्टी सचिव जनक केसीका अनुसार राजावादीहरुले पछिल्लो समय देशका बिभिन्न क्षेत्रमा गरि रहेका क्रियाकलापहरुको बिरोध र गणतन्त्रको पक्षमा डाेल्पामा पनि  जनप्रदर्शन गरिन थालिएकाे हाे ।

केन्द्रिय निर्देशन अनुसार नेकपा (एमाले)डोल्पाले पनि गणतन्त्रको पक्षमा बिभिन्न कार्यक्रमहरु गर्न तमतयार रहेको नेकपा (एमाले)डोल्पाका पार्टी अध्यक्ष लंक बहादुर रोकायाले जानकारी दिनु भयाे ।

अध्यक्ष रोकायाले भन्नु भयाे वडा पालिकाका अध्यक्ष देखी नागरपालिका तथा गाउँपालिकाका अध्यक्षहरु र कमिटीका पदाधीकारीहरु सहित जिल्ला कमिटीका सवै सदस्यहरुलाइ अनिवार्य रुपमा जनप्रदर्शन र जागरण भेलामा सहभागी हुन बोलाइएको छ ।

आईतवार नेकपा (एमाले)डोल्पाको पार्टी कार्यालयमा भएको सचिवालय बैठकले नगरपालिका तथा गाउँपालिकाका पालिका अधिवेशन र बाँकी रहेका पालिकाको अधिवेशनका वारेमा समेत छलफल भइ बिभिन्न निर्णय भएको अध्यक्ष रोकायाले बताउनु भयाे ।

तपाईको प्रतिक्रिया