जिल्ला प्रहरी कार्यालय डाेल्पामा नसर्ने राेगकाे निशुल्छक रुपमा छटाैट जाँच गरिएको छ । ६८ औं प्रहरी दिवसकाे उपलक्ष्यमा पेसागत महासंघ नेपाल डाेल्पा, एकीकृत स्वास्थ्यकर्मी संगठन नेपाल डाेल्पा र स्वास्थ्य सेवा कार्यालय, जिल्ला अस्पताल डाेल्पाकाे आयाेजनामा डाेल्पा जिल्लामा कार्यरत प्रहरी कर्मचारीलाई नसर्ने राेगकाे छटाैट जाँच गरिएको हाे ।
जिल्लाका विभिन्न स्थानमा कार्यरत मध्य प्रहरी कर्मचारी ९७ जना, अन्य ४ जना गरि जम्मा १०१ जनाकाे नसर्ने राेगकाे छनाैट जाँच गरिएको छ । प्रहरी दिवसकाे अवसरमा नागरिकको नजिकैकाे सुरक्षाको रुपमा लिने प्रहरी पेशालाई सम्मानका साथ सुरक्षाकर्मीकाे स्वास्थ्यलाई मध्यनजर गर्दै निशुल्क नसर्ने राेगकाे छटाैट जाँच कार्यक्रम संचालन गरिएको पेसागत महासंघ नेपाल डाेल्पाका अध्यक्ष राजन कुमार डाँगीले बताएका छन्। नसर्ने राेगकाे उच्च जाेखीम पेशामा प्रहरी पेशा पनि पर्ने भएकाेले याे कार्यक्रम संगै आगामी दिनहरुमा पनि समन्वय सहकार्य गरि थप लक्षित क्रियाकलापहरु संचालन गर्ने याेजना रहेकाे अध्यक्ष डाँगीले बताएका छन।
नसर्ने राेगकाे छटाैट जाँचकाे क्रममा मधुमेह तथा उच्च रक्तचापकाे समस्याको सम्भावित छनाैट भई प्रेसण भएका १५ जना व्यक्तिहरूलाई थप चेकजाँच तथा उपचारको लागि जिल्ला अस्पताल डाेल्पाले सहयाेग गर्ने जिल्ला अस्पताल डाेल्पाका चिकित्सा शाखा प्रमुख डाक्टर अखण्ड उपाध्यायले बताए ।
६८ औं प्रहरी दिवसकाे अवसरमा जिल्लामा कार्यरत प्रहरी सुरक्षाकर्मीकाे स्वस्थ्यलाई मध्यनजर गरि निशुल्क नसर्ने राेगकाे छटाैट जाँच कार्यक्रम संचालन गरि सहयाेग गर्ने आयाेजक सम्पूर्ण निकायलाई जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव कुमार बुढाथोकीले धन्यवाद ब्यक्त गरेका छन । यही असाेज ३० गते जिल्ला प्रहरी कार्यालय डाेल्पामा ६८ औं प्रहरी दिवस कार्यक्रम आयाेजना हुने भएकाे हुदा सम्बन्धित सबैलाई सहभागीकाे लागि प्रहरी प्रमुख बुढाथोकीले आग्रह गरेका छन ।