विष्णुप्रसाद देवकोटा
डाेल्पा भदौ ८ गते ।त्रिपुरासुन्दरी नगरपालिका–१ गल्लीका अन्दाजी ६० वर्षीय डम्मर सिंह कठायत शनिबार दिउँसो घरबाट न्युने डाँडातर्फ बाख्रा चराउन गएका थिए। तर, बेलुकीसम्म घर नफर्किएपछि परिवार र स्थानीयले खोजी थालेका हुन्।
स्थानीयका अनुसार शनिबार रातभर खोज्दा पनि उनी फेला परेनन्। आइतबार बिहानदेखि पुनः खोजी कार्य जारी राखिएको छ। बेपत्ता वृद्धको खोजीका लागि प्रहरीले पनि सहयोग गरिरहेको स्थानीय नन्दबहादुर शाहीले जानकारी दिए ।

डोल्पा न्यूज । ८ भाद्र २०८२, आईतवार ०६:१४