ताजा समाचार

जिल्ला प्रशासन र प्रहरी कार्यालयकाे नागरिक सार्वजनिक सुनुवाई: नागरिकको गुनासै गुनासा

विष्णुप्रसाद देवकोटा

डोल्पा, पुस २१ गते।

जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले सेवा प्रवाहलाई प्रभावकारी बनाउन र नागरिक समस्याको समाधानका लागि त्रिपुरासुन्दरी नगरपालिकामा विशेष सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।प्रमुख जिल्ला अधिकारी राेमबहादुर महतकाे अध्यक्षता जिल्ला समन्वय प्रमुख श्याम बहादुर राेकायाकाे प्रमुख आतिथ्यतामा सराेकारवालमकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे हाे ।विशेष अतिथि त्रिपुरासुन्दरी नगरपालिकाका उपप्रमुख देवी घर्ती, तथा प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीका साथै, विभिन्न कार्यालयका कार्यालय प्रमुख,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि  नागरिक समाजका प्रतिनिधि, र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको कार्यक्रमले जिल्लाको सेवा प्रवाह र विकास निर्माणको अवस्थाबारे नागरिक सुनुवाई सार्वजनिक कार्यक्रमकाे माध्यमवाट छलफल अभ्यासकाे शुरुवात गरेकाे छ ।जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयकाे संयुक्तरूपमा आयाेजित सेवाप्रवाह सम्बन्धमा सहजीकरण समन्वय र सार्वजनिक  नागरिक सुनुवाइ कार्यक्रममा कसले के भने ?

प्रहरी निरीक्षक मनिष थापाको प्रस्तुति:

डोल्पोबुद्ध गाउँपालिका-६ को मोरिम्ला सीमा नाकामा शान्ति सुरक्षा सुनिश्चित।चालू बर्षमा १७ वटा विपद् व्यवस्थापन सम्बन्धि घटना भएकाे  ३ जनाको सफल उद्धार,सामुदायिक कार्यक्रमअन्तर्गत ११५ पटक ट्राफिक सचेतना कार्यक्रम सञ्चालन,जिल्ला प्रहरी कार्यालयमा १५ वटा मुद्दा दर्ता गरि कार्वाही प्रक्रिया अगाडि बढि रहेकाे  र लागुऔषध नियन्त्रणमा उल्लेख्य उपलब्धि रहेकाे जानकारी दिनु भयाे ।कार्यक्रममा प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले नागरिकले गरेका प्रश्नको जवाफ सहित सेवाप्रवाहका बारेमा जानकारी दिनु भएकाे थियाे ।

स्थानीय नागरिकको गुनासो:

माथिल्लो क्षेत्रको सुरक्षा अभाव र सीमा नाका खुल्ला रहेकाले जोखिम बढेको,ट्राफिक नियम पालनामा कमजोरी,नागरिकताको लागि घुम्ति शिविरको आवश्यकता,विकासे कार्यक्रम दलि आधारमा विनियोजन गर्ने गरिएकाे त्रिपुरासुन्दरी नगर अस्पताल निर्माण कार्य अलपत्र अवस्थामा रहेकाे राष्ट्रिय परिचयपत्र प्राप्त प्रक्रिया झन्झटिलो हुनुका साथै सरकारी कार्यालय र स्थानीय तहमा सूचना लुकाउने प्रवृत्ति बढेकाले सर्वसाधारणले सहजै सुचना पाउने अवस्था नरहेकाे र राजनीतिक आस्थाका आधारमा  योजना बाँडफाँड हुने गरेकाे गुनासाे सहभागीले राखेका थिए ।

पशुसेवा कार्यालयका गतिविधि

पशुसेवा कार्यालयका प्रमुख जरबहादुर भक्रीले कार्यालय प्रति नागरिकस्तरवाट उठेकाे जिज्ञासाका वारे उत्तर दिने क्रममा प्रत्येक पालिकामा सूचना प्रवाहलाई प्राथमिकता दिँदै वास्तविक किसानले सेवा पाउने वातावरण बनाउन कार्यालय प्रतिबद्ध रहेको बताउनु भयाे।

भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख ईन्जिनियर टेक हितानले चालू आर्थिक वर्षमा ४० वटा योजनाका लागि टेण्डर आह्वान भई कार्यान्वयनको चरणमा रहेको जानकारी दिनु भयाे। सूचना माग्न आउने सर्वसाधारणलाई कुनै समस्या नभएको समेत उहाँले  प्रष्ट्याउनु भयाे।

त्रिपुरासुन्दरी नगर अस्पताल

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरालाले नगर अस्पताल निर्माण जिम्मा लिएका निर्माण व्यवसायी जनक केसीलाई ६० लाख अग्रिम रकमसहित १०% जरिवाना तिर्न पत्राचार गरिएको जानकारी गराउनुका साथै, कर्मचारी नियुक्ति प्रतिस्पर्धामूलक र सार्वजनिक सूचना प्रकासित गरेर मात्र गरिने गरिएकाे दावी गर्नु भयाे ।

प्रजिअ महतको धारणा

प्रजिअ महतले नागरिकले झेलिरहेका समस्या समाधान गर्न र सेवा प्रवाह सुधार गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको बताउनु भयाे। राष्ट्रिय परिचयपत्र कार्ड नभए पनि कार्ड नम्बर मात्र प्राप्त गर्न सकिने, र जिल्ला प्रशासनमा पुगेकै दिन सेवाग्राहीले परिचयपत्र नम्बर प्राप्त गर्न सकिने व्यवस्था गरिएको जानकारी दिनु भयाे।

सीमा सुरक्षामा प्रगति

उपल्लो डोल्पाको मोरिम र क्याटो नाका व्यवस्थापनका लागि आगामी बर्षमा  नेपाली सेनामा थप सुरक्षाबल परिचालन गरिने र यार्सागुम्बा सिजनमा सीमा नाका व्यवस्थित गर्न अध्यागमनले नयाँ पास प्रणाली लागू गरिसकेको जानकारी प्रजिअ महतले दिनु भयाे ।

यसैगरी यातायातमा देखिएकाे र सर्वसाधारणले भाेग्नु परेकाे समस्या समाधानकाे लागि अन्तर जिल्ला सुरक्षा समिति गठन गरेर जाजरकोट रुकुम पश्चिम र डाेल्पाका सुरक्षा प्रमुखहरुले समस्या न्यूनीकरण कार्यमा पहल भईरहेकाे जानकारी दिइएकाे थियाे ।

जेष्ठ नागरिक भत्ता र स्थानीय सरकार

कार्यक्रमका प्रमुख अतिथि श्यामबहादुर रोकायाले जेष्ठ नागरिक र सामाजिक सुरक्षाभत्ताको समस्यामा सुधारको आवश्यकता औंल्याउनु भएकाे थियाे ।घरघरमा सिहदरवार पुगेपनि नागरिकहरु सामानय कामकाे लागि सदरमुकाम धाउनु पर्ने बाध्यता नहटेकाे उल्लेख गर्दै  खर्च न्यूनीकरण र सेवाप्रवाहमा सुधार गर्दै स्थानीय सरकारले सेवकको भूमिका निर्वाह गर्नुपर्नेमा जाेड दिनु भयाे ।यसकाे साथै स्थानीय तहले आफैले याेजना छनाैट बजेट विनियोजन र रकम भुक्तानीका साथै अनुगमन र निरीक्षण समेत गर्ने भएकाले पार्दशिता र गुणस्तरमा प्रश्न उठ्ने भएकाले सर्वपक्षीय अनुगमनमा जाेड दिन सुझाव दिनुका साथै मुड्केचुला र जगदुल्ला गाउँपालिकामा समेत सार्वजनिक सुनुवाइ कार्यक्रम सहित घुम्ति सेवा संचालन गर्न प्रशासनलाई आग्रह गर्नु भएकाे थियाे । कार्यक्रममा सहभागीकाे तर्फवाट नेपाली कांग्रेसका जयनन्द ( जयस) उपाध्याय गाैरीशंकर उपाध्याय स्थानीय तुलबहादुर बाेहाेरा तुलबहादुर विष्ट वडानम्बर १,३ र ४ वडाअध्यक्ष रामचन्द्र कुलाल भक्त केसी रन्जित बुढा विसमान नेपाली जग्गे बुढा  लगायतले नगरपालिका सहित सरकारी तथा गैह्र सरकारी कार्यालयवाट प्रवाह गरिने सेवाका सम्बन्धमा आयाेजक समक्ष आआफ्ना गुनासा तथा जिज्ञासा राख्नु भएकाे थियाे । कार्यक्रमकाे सहजीकरण जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञावलीले गर्नु भएकाे थियाे ।

निष्कर्ष

कार्यक्रमले सेवा प्रवाह सुधार, सुरक्षा व्यवस्थापन, र नागरिक समस्याको समाधानका लागि ठोस पहल गर्न स्थानीय र सरकारी निकायहरूबीच समन्वय आवश्यक रहेको निष्कर्ष निकाले छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!