ताजा समाचार

आजबाट एसईई परीक्षा डाेल्पाबाट ७ सय ७७ परीक्षार्थी सामेल हुदै

आजवाट शुरु भएकाे एसइई परीक्षमा डाेल्पा जिल्लाबाट ७ सय ७७ जना विधार्थीले परीक्षा दिदै छन ।

जिल्ला शिक्षा तथा समन्वय इकाई डाेल्पाका प्रमुख हर्षप्रसाद चाैलागाईका अनुसार  जिल्ला भरका १८ वटा मावि र एउटा खुल्ला विधालयबाट छात्रा ३ सय ६५ र छात्र ४ सय १२ जना एसईई परिक्षामा सहभागी हुनेछन् । यस बर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) लागि डाेल्पाबाट ७ सय ७७ जनाले परिक्षा फारम भरेका हुन ।

यस बर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ चैत ७ गते बहाना ८ बजेदेखि देशभर हुदैछ। डाेल्पामा ४ वटा केन्द्रबाट एसईईकाेे परीक्षा संचालन भइरहेकाे। छ।

तपाईको प्रतिक्रिया