ताजा समाचार

शे फोक्सुण्डो तालकाे छेउमै  रहेकाे थासुङ छाेलिङ गुम्बाकाे पुर्ननिर्माण सम्पन्न 

विष्णुप्रसाद देवकोटा

शे फोक्सुण्डो ताल किनारामा रहेको पाल शेन्तेन थासुङ छोलिङ गुम्बाको पुर्ननिर्माण सम्पन्न भएकाे छ ।ऐतिहासिक पर्यटकीय महत्त्व बाेकेकाे याे गुम्बाकाे एक कार्यक्रमका बिच पुजाविधिद्धारा उद्घाटन गरिने भएको छ ।

विभिन्न दातृ संस्था स्थानीय बासिन्दा, खेम्पो साम्डुक निमा रिन्पोछे , टावा र च्होमोहरुसंगको समन्वय र सहकार्यमा गुम्बाकाे पुर्ननिर्माण गरिएकाे हाे ।याे गुम्बाकाे सन २०२१ देखि पुन निर्माणकार्य सुरु गरिएको थियो ।

वैशाख २६ गते देखि २९ गते  सम्म चार दिन नाम्ग्याल याङ्गटुप पुजा गरेपछि  उद्घाटन गरिने भएको हाे।

शे फोक्सुण्डोको  गाउँपालिका- ८ स्थित रिग्मो गाउँमा १० औं शताब्दी भन्दा अगाडी स्थापना भएको पाल शेन्तेन थासुङ छोलिङ गुम्बा पुननिर्माण पछि  गर्न लागिएको हो ।

टेतोन छेवाङ छुल्ठिमले स्थापना गरेको यो गुम्बा रिग्मो समुदायको संरक्षण र जंगली जनावरको शिकार रोक्ने उदेश्य रहेको बताइएको छ ।

गुम्बाको मुल प्रतिमाको रुपमा बुद्ध तोन्पा शेन्राव मिवाोको नयाँ मर्ति स्थापना गरिएको  थासुङ छोलिङ गुम्बाका संयोजक गेसे लोडोइ छोग्लेगले जानकारी दिए ।

फोक्सुण्डो तालको किनारामै इतिहास बोकेको गुम्बा भएको हुदा पुन निर्माण पछि थप व्यवस्थीत भएको र उद्घाटन पछि आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषण  गर्ने विश्वास  संयोजक छोग्लेगले ब्यक्त गरे।

पाल शेन्तेन थासुङ छोलिङ गुम्बा पुन निर्माण पछि थप व्यवस्थित भएको र बुद्ध तोन्पा शेन्राव मिवोको नयाँ मर्ति स्थापना गरिएको हुदा धार्मिक पर्यटकको लागि पुग्नै पर्ने स्थल बनेको शे फोक्सुण्डो गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष निमा लामाले बताए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!