ताजा समाचार

भेरीगंगामा बेवारिसे अवस्थामा शव फेला

सुर्खेत:सुर्खेतको भेरीगंगा नगरपालिकामा एक महिलाको शव फेला परेको छ । आइतबार दिउँसो १२ः२० बजेको समयमा भेरीगंगा नगरपालिका–१२ स्थित डम्पिङ साइट नजिकै बेवारीसे अवस्थामा एक महिलाको शव फेला परेको हो ।

पानीको खोल्साभित्र शरिरको माथिको भाग डुबेको र कम्मरदेखि तलको भाग देखिएको अवस्थामा अपरिचित महिलाको जस्तो देखिने शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनजंग बुढथापाले जानकारी दिए ।

हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीको टोलीले अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया