ताजा समाचार

सिटिजन्स बैंकका डोल्पा शाखा प्रमुखहरू दीर्घ सेवा सम्मानबाट सम्मानित

डोल्पा — विगत दस वर्षदेखि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका विभिन्न शाखामा निरन्तर सेवा गर्दै आएका दुनै शाखा प्रमुख पृथ्वी बहादुर डाँगी र जुफाल शाखा प्रमुख नवीन कुमार बोहरा ‘दीर्घ सेवा सम्मान पदक’ बाट सम्मानित भएका छन्।

बैंकको सेवा क्षेत्रमै समर्पित रहँदै आएका डाँगी र बोहरा दुबैजना डोल्पा जिल्लाका स्थानीय बासिन्दा हुन्।

उनीहरूको दीर्घ सेवा र समर्पणप्रति सम्मानस्वरूप बैंकले विशेष सम्मान प्रदान गरेको हो। सिटिजन्स बैंकले उत्कृष्ट र दीर्घकालीन सेवा पुर्‍याउने कर्मचारीहरूलाई हरेक वर्ष सम्मान गर्ने परम्परा अघि बढाउँदै आएको छ।

शाखा प्रमुख डांगी र बाेहाेरासंगै विभिन्न जिल्ला शाखाहरुमा कार्यरत अन्य शाखाप्रमुख र कर्मचारीहरु पनि सम्मानित भएका हुन ।

तपाईको प्रतिक्रिया