ताजा समाचार

विधुत जडानसंगै डाेल्पाकाे जगदुल्लामा इन्टरनेट सेवा नियमित

जगदुल्ला गाउँपालिकामा मोवाईल र ईन्टरनेट सेवा नियमित भएको छ । दुईवटा बिटिएस मार्फत दिदै आएकाे सेवा पावर अभाबको कारण अनियमित हुने गरेकाे थियाे ।नेपाल टेलीकमका दुबै बिटिएसमा बिधुत जडान गरेपछि दुवै सेवा नियमित भएको हो ।

जगदुल्ला गाउँपालिकको थुपलाग्ना र डाँडा भन्ने ठाउमा राखिएका मोवाईल विटिएसमा बिधुत जडान गरेपछि  सेवा सदाबहार भएको जगदुल्ला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत केशवराज जैसिले जानकारी दिनु भयाे ।

जैसिका अनुसार पालिका भित्र मोवाइल र ईन्टरनेटको सेवा प्रदान गर्ने टावरमा बिधुत जडानको लागि आवाश्यक पर्ने तार,ट्रान्समिटर र मिटरवक्स गाउँपालिकाले व्यावस्थापन गरेको र बाँकी अन्य उपकरण नेपाल टेलीकमले नै जडान गरेको बताउनु भयाे ।

थुपलाग्नामा १० किलोवाट थ्रिफेज ट्रान्समिटर राखेर बिधुत जडान गरिएको र डाँडामा  भने ६ किलोवाट सिँगल फेज काईगाउँको ट्रान्सफ्रमरबाट ६ सय मिटर तार जडान गरेपछि मोवाईल र ईन्टरनेट सेवा नियमित गिरएकाे दुरसञ्चार कार्यालय डोल्पाका प्राबिधिक नवराव भट्टराईले जानकारी दिनु भयाे ।

प्राबिधिक भट्टराईकाले भने अव जगदुल्लामा पावरको कारणा सेवा अवरुद्ध हुदैन तर माईक्रोवेव काटिएमा भने सेवा प्रबाहमा रुकावट आउन सक्छ ।

यस भन्दा पहिले काईगाउँतिरको डाँडाको टावरमा  हरेक १२ घण्टा  पावर जाने गरेको थियो भने थुपलाग्नाको टावरमा ५ घण्टा सम्म पावर नपुग्ने गरेको टेलीकमका प्राबिधिक नवराज भट्टराईले जानकारी दिनु भयाे।

भट्टराईका अनुसार अव जगदुल्लामा  पावरको समस्या नहुने र थुप लाग्नाको टावरमा १८ सय मेगाहर्ज जडान गर्न प्राबिधिक हिसावले मिल्ने  छ ।यसका साथै गाउँपालिकामा एफटिटिएच समेत जडान गरी ईन्टरनेट सेवा द्रुत बनाउन पनि जरुरी रहेको वडा नम्बर ३ का वडा अध्यक्ष भक्त बोहोरा बताउनु भयाे ।

वडा अध्यक्ष वोहोराले भन्नु भयाे ” समय ईन्टरनेटको रहेको र एफटिटिएच जडानका लागि कार्यपालिकामा छलफल गरेर जनतालाई सेवा दिनेमा पहल गरिने  छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!