ताजा समाचार

लुम्बिनी प्रदेशमा विना विभागीय मन्त्रिपरिषद् गठन

लुम्बिनी प्रदेशमा ९ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका र काँग्रेसका चार/चार जना मन्त्रीहरूलाई नियुक्त गरी मन्त्रिपरिषद् गठन गरेका हुन् । मन्त्रीहरूको जिम्मेवारी तोकिएको छैन ।

नेकपा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारू मगर र सीता शर्मा चौधरीले मन्त्रीको शपथ ग्रहण गरेका छन् । नेपाली काङ्ग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्युठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्ड विक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीले मन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!