ताजा समाचार

डाेल्पामा पनि मनाइयो ६५औं राष्ट्रिय एकता तथा वीपी मेलमिलाप

डाेल्पा,पुस १६ गते ।हिमाली जिल्ला डाेल्पामा पनि ६५औं राष्ट्रिय एकता तथा वीपी मेलमिलाप दिवस विशेष कार्यक्रम गरेर मनाइएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिकाे आयाेजनामा जिल्ला समन्वय समितिकाे सभाहलमा जिल्लामा जारी सय दिने अभियानकाे समीक्षा सहित वीपी मेलमिलाप दिवस मनाइएको हाे ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति  सदस्य समेत रहनु भएका जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकायले कार्यकर्तामा निराशा बढेको तर नेतृत्वप्रति आशा र भरोसा कायमै रहेको बताउनु भयाे। उहाले “कहिल्यै हार नमान्ने” भावना बोकेर अघि बढ्नुपर्ने सुझाव समेत दिनु भयाे।

पूर्व संविधानसभाका सदस्य दुधकुमारी हमालले पार्टीलाई कसरी सुधार र विस्तार गर्ने भन्ने स्पष्ट खाका तयार गर्नुपर्नेमा जोड दिनु भयाे।

महाधिवेशन प्रतिनिधि लक्ष्मण कार्कीले पार्टीमा सन्तोषभन्दा असन्तोष बढिरहेको भन्दै संगठन कमजोर बनिरहेको आवाज उठाउनु भयाे। उहाले भातृ संगठनको विस्तार र कार्यकर्ताहरूलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनु भयाे।

महासमिति सदस्य अर्णबहादुर न्यौपानेले अहिले पनि “पार्टी चाहिँदैन” भन्ने प्रवृत्तिका नेता तथा कार्यकर्ता रहेको उल्लेख गर्दै, सुकिला मुकिलाहरुको हावीले संगठन कमजोर भएको बताउनु भयाे ।नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कुशलविक्रम शाहीले राष्ट्रिय एकता र मेलमिलापका लागि पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको योगदान अमूल्य रहेको बताउनु भयाे।

उहाले आपसी टुटफुटमा नलागी एकताका लागि अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भया।नेपाली कांग्रेसका वरिष्ठ नेता गाैरीशंकर उपाध्यायले मुड्केचुलामा माओवादीले सिण्डिकेट लागू गरेको आरोप लगाउँदै, गठबन्धनले ठूलो घाटा व्यहोरेको धारणा राख्नु भयाे।

जिल्ला सदस्य चन्द्रलाल धरालाले गुटउपगुटकै कारण आफुले २०७९ काे स्थानीय तह निर्वाचनमा हार खानु परेकाे बताउदै गुटउपगुटकाे अन्त्य मेलमिलापकै दिनबाट लागू पार्टीलाई परिस्कृत बनाउँदै लैजानुपर्नेमा जाेड दिनु भयाे ।

काबा जिल्ला सभापति लबकुमार शाहीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जनक सि नरेन्द्र बुढा मक्कबहादुर बस्नेत लगायतका नेताकार्यकर्ताले पार्टी एकता र सुधारमा लाग्नु पर्नेमा जाेड दिनु भएकाे थियाे ।

पाटी सचिव हिक्कमत बहादुर शाहीले कार्यकर्ताले पाटीप्रति निराशाजनक मात्र नभई आशावादी बन्न सक्नु पर्ने बताउदैआफैमा शंका पालेर नबस्न समेत अनुराेध गर्नु भयाे ।

पत्रकार विष्णुप्रसाद देवकोटालाई सम्मान

यसैबीच कार्यक्रमकै अवसरमा नेपाल प्रेस युनियन डोल्पाका अध्यक्ष तथा हालै सम्पन्न पत्रकार महासंघको कर्णाली प्रदेश सदस्यमा निर्वाचित विष्णुप्रसाद देवकोटालाई सम्मान गरिएको थियो।

नेपाली कांग्रेसका कार्यवाहक सभापति लबकुमार शाही, जिल्ला समन्वय समिति प्रमुख श्यामबहादुर रोकाया, पूर्व संविधानसभा सदस्य दुधकुमारी हमाल, पार्टी सचिव हिक्मत शाही लगायतका नेताहरूले देवकोटालाई अविर, टीका र रैका लगाएर सम्मान गरेका थिए।

कार्यक्रममा सहभागी वक्ताहरुले राष्ट्रिय एकता र मेलमिलापको महत्वबारे प्रकाश पार्नु भएकाे थियाे ।निराशाजनक अवस्था मात्र नभई आशावादी बन्न आग्रह गरे।

उनीहरूले पीडित साथीहरूको समस्यामा मलम लगाउनुपर्ने र नेतृत्वप्रति आशा र भरोसा कायम राख्दै कांग्रेसलाई जनताको विश्वास जित्ने पार्टी बनाउन सबै लागिपर्नुपर्ने बताए।कार्यक्रममा मुड्केचुला जगदुल्ला गाउँपालिका त्रिपुरासुन्दरी र ठुलिभेरीनगरपालिकाका नेता कार्यकर्ताकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।भर्खर सम्पन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका -५ मा लज्जास्पद हार ब्यहाेर्नुकाे बारेमा गहिराे समीक्षा समेत पाटीले गरेकाे छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!