ताजा समाचार

असाेज ३० मा डाेल्पाकाे दुनैमा समाजवादी माेर्चाकाे घाेषर्णा सभा

डोल्पा : समाजबादी मोर्चाले डोल्पा जिल्लामा घोषणा सभाको मिति तय गरेको छ । यहि असोज ३० गते डोल्पा सदरमुकाम दुनैमा बृहत भेला गरी समाजबादी मोर्चाको घोषणा सभा गर्ने भएको हो । शुक्रबार मोर्चाको बैठकले डोल्पा जिल्लामा समाजबादी मोर्चा घोषणा सभा गर्ने बारे प्रेश बिज्ञप्ती जारी गर्दै मिति तय भएको जनाएको हो । बिज्ञप्ती जारी गर्दै समाजबादी मोर्चाले भनेको छ असोज ३० गते मोर्चामा आबद्ध रहेका सबै दलका नेता कार्यकर्ताहरु बिभिन्न भातृसँगठन नागरिक समाज र सञ्चारकर्मिहरुलाइ घोषणा सभामा सहभागीता जनाउन आग्रह गरेको छ ।

मोर्चाको बिज्ञप्तीमा भनिएको छ देशमा आमुल परिवर्तनमा योगदान दिने आम नेपालीलाइ आभार प्रकट गर्दै समाजबादी गणतन्त्रात्मक राज्य निर्माणको स‌कल्प समेत गरिएको छ । हाल समाजबादी मोर्चाले जनताको हितमा काम गरि रहेकोले पनि अब जिल्लामा हुने समाजबादी मोर्चा घोषणा सभाले नेपाली नागरिकलाई झनै उत्साह बनाउने र समाजबादको लक्ष्य प्राप्तीतर्फ द्धढतापुर्वक अगाडी बढि रहेको दावी मोर्चाको रहेको छ । संबिधानको रक्षा आवास्यक्ताका आधारमा संबिधान संसोधन गरि जनताको हितमा काम गरेको र जनताका साझा मुद्धा बोकेर समाजबादी मोर्चा बनेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यहि असोज ३० गते हुने समाजबादी मोर्चा घोषणा सभाको लागी मिति तय भएको र मोर्चापनि तिब्र लागि रहेको समाजबादी मोर्चा एबम नेकपा एकिकृत समाजबादी डोल्पाका पार्टि सचिव युवाराज थकालीले जानकारि दिए । सचिव थकालीका अनुसार नेकपा माओबादी केन्द्रबाट जिल्ला संयोजक धर्मजित बोहोरा नेकपा एकिकृत समाजबादीका अध्यक्ष छक्क बहादुर धराला र नेकपाबाट डोल्पा जिल्ला सचिव गौचन सि ले हस्ताक्षर गरेर जिल्लामा समाजबादी मोर्चा घोषणा सभाको मिति तय भएको बिज्ञप्ती जारी गरिएको बताए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!