ताजा समाचार

शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज क्षेत्रमा हिउँ चितुवाकाे संख्या नब्बे पुग्याे

बिश्वमै दुर्लभ बन्यजन्तु हिउँ चितुवाकाे संख्या शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज वन क्षेत्रमा बढ्दै गएकाे पाइएकाे छ ।

शे फाेक्सुण्डाे राष्ट्रिय निकुन्ज बन क्षेत्र हिउँ चितुवाकाे लागि उपयुक्त बासस्थान मानिएपनि कतिकाे संख्यामा हिउँ चितुवा यश निकुन्जमा छन भन्ने एकिन तथ्यांक प्राप्त भएकाे थिएन ।

बि.सं. २०४० सालमा स्थापना भएकाे शे.फाेक्सुण्डाे राष्ट्रिय निकुञ्जकाे क्षेत्रमा मात्र बिश्वमै दुर्लभ मानिने वन्यजन्तु हिउँ चितुवाकाे संख्या ९० पुगेकाे बिश्ववन्यजन्तु काेष नेपालका कार्यक्रम संयाेजक चन्द्रजङ्ग हमालले बताए ।

बिश्ववन्यजन्तु काेष नेपा  र शे-फाेक्सुण्डाे राष्ट्रिय निकुञ्जकाे सहकार्यमा जडान गरिएका  क्यामेरा ट्यापिङकाे रिपोर्ट अनुसार निकुञ्ज क्षेत्रमा मात्र ९० वटा हिउँ चुतुवा अर्थात हिमाली बाघ रहेकाे  पाइएकाे हाे ।

हिउँ चितुवा गणनाकाे लागि शे-फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज वनक्षेत्रमा  ३ सय ९२ क्यामेरा ट्यापिङका लागि जडान गरिएको थिए । डेढ महिनामा निकाल्नु  पर्ने क्यामेरा हिमपातकाे कारण ५ महिना पछि मात्र निकालिएको थियाे ।

नेपालमा ५ सय हाराहारीमा हिउँ चितुवा रहेकाे उल्लेख छ । नेपालका ७७ जिल्ला मध्य सबैभन्दा बढी डाेल्पामा मात्र एक सय भन्दा बढी हिउँ चितुवा रहेकाे अध्ययनले देखाएकाे छ।

निकुञ्ज क्षेत्रमा ९० वटा हिउँ चितुवा र निकुञ्ज बाहिरका सामुदायिक वन क्षेत्रमा समेत केही संख्यामा हिउँ चितुवा रहेका निकुन्जले जनाएकाे छ ।डाेल्पाका सामुदायिक क्षेत्रमा पनि सिसि क्यामेरा मार्फत हिउँ चितुवाकाे संख्या गणना गर्ने कार्य भैसकेको छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!