ताजा समाचार

संस्थागत क्षमता स्वमूल्याङ्कनमा जगदुल्ला पहिलो,कार्यसम्पादनमा काइके

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा डोल्पाको जगदुल्ला गाउँपालिका पहिलो भएको छ । आर्थिक बर्ष २०८०/०८१ स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा जगदुल्ला गाउँपालिकाले ९६ अंङ्क प्राप्त गरी पहिलो स्थानमा रहेको हो । अघिल्लो आर्थिक बर्षमा पछि परेको जगदुल्ला गाउँपालिका फेरि २०८०/०८१ पहिलो स्थानमा उक्लीएको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रबिधि मार्फात स्थानीय तहले गरेको कामको मुल्याङ्कन गर्ने गर्दछ । सोहि बिधिवाट गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को रिपोटमा जगदुल्लाले ९६ अंक प्राप्त गरी पहिलो भएको छ भने ठुलीभेरी नगरपालिका ७८ दशमलव २५ अंङ्क प्राप्त गरी सवैभन्दा अन्तिममा रहेको छ । अघिल्लो बर्ष जस्तै यो बर्ष पनि ठुलीभेरी नगरपालिका स्वामूल्याङ्कनमा सवैभन्दा पछि भएपनि अघिल्लो बर्षको तुलानामा धेरै सुधारात्मक रहेको पाईएको छ ।

डोल्पामा ८ वटा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा  ९६ अंङ्क हाँशिल गरी जगदुल्ला गाउँपालिका पहिलो ९५ अंङ्क सहित डोल्पोबुद्ध गाउँपालिका दोस्रो स्थानमा रहेको छ भने काईके गाउँपालिका र मुड्केचुला गाउँपालिका ९३ दशमलव ५ वरावर अंङ्क सहित तेस्रो स्थानमा रहेकाछन । छार्काताङसोङ गाउँपालिका ९१ अंङ्क सहित चौथो स्थानमा रहेको छ भने शे-फोक्सुण्ड गाउँपालिका ९० दशमलव २५ अंङ्क प्राप्त गरी पाँचौ स्थानमा परेको छ । ८८ अंङ्क प्राप्त गरी त्रिपूरा सुन्दरी नगरपालिका छैटौँ स्थानमा परेको छ भने सवैभन्दा कम अंङ्क ७८ दशमलव २५ अंङ्कका साथ ठुलीभेरी नगरपालिका अन्तिम स्थानमा रहेको छ ।

कुल ११ वटा क्षेत्रलाइ हेरेर स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को अन्तिम नतिजा सार्वजानिक गरिन्छ । यसरी मुल्याङ्कन गरिने बिधिका लागि कार्यालयले गरेका हरेक कुराको दस्तावेजीकरण गरेपछि सोहि अनुसार सिष्टममा अपलोड हुने र मुल्याङ्कन हुने जगदुल्ला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत केशवराज जैशिले जानकारी दिए । आफुले लामो समय स्थानी तहमा बसेर काम गरि रहदा जनप्रतिनिधि देखी कर्मचारीहरुले भने अनुसारको कागजातहरुको दस्तावेजीकरणले गरी दिएको कारण पनि फेरी पुन डोल्पामा पहिलो बन्न सफल रहेको बताए ।

हाल मन्त्रालयले निमित्त प्रमुख प्रशासकिय अधिकृतको अधिकार खोसेपनि आफु रहदा सम्म जहिले अब्बल हुने हिसावले जनमुखि भएर काम गरेको जैशिले दावी गरे । मन्त्रालयले नियमानुसार निमित्त प्रमुख प्रशासकिय अधिकृतवाट हटाएको र कर्मचारीले जुन जिम्मेवारी पाए सोहि जिम्मेवारीमा ईमान्दार भएर काम गरे कुनै कठिनाइ नहुने जैसिले सुनाए ।

अघिल्लो आर्थिक बर्षमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) पहिलो रहेको काईके गाउँपालिका यो बर्ष तेस्रो स्थानमा रहेको छ । यस बर्षको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को रिपोट हेर्दा गाउँपालिकाहरु अग्र स्थानमा रहेका छन भने दुईवटै नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा निकै कम्जोर स्थितिमा रहेको रिपोटमा देखिन्छ । बार्षिक बजेट तथा योजना व्यवस्थापन,वित्तिय एवम आर्थिक व्यवस्थापन र सेवा प्रवाहमा नगरपालिका गाउँपालिका भन्दा पछि रहेकाछन ।

कार्य सम्पादन मुल्याङ्कनमा डोल्पाको काईके गाउँपालिका पहिलो

कार्य सम्पादन मुल्याङ्कनमा डोल्पाको काईके गाउँपालिका पहिलो स्थानमा रहन सफल भएको छ । कार्य सम्पादन मुल्याङ्कनकाे आधारमा स्थानीय तहले प्राप्त गर्ने अंकमा ६८ दशमलव ६ अंङ्क प्राप्त गरी डोल्पाका ८ वटा स्थानीय तहहरु मध्य काईके गाउँपालिका पहिलो भएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हरेक वर्ष स्थानीय तहको कार्य सम्पादन मुल्याङ्कन गर्ने गर्दछ । आयोगले बिभिन्न १७ वटा सुचकमा आधारित रहि स्थानीय सरकारको कार्य सम्पादन मुल्याङ्कन गर्ने गरेको छ । स्थानीय तहले बजेट तथा सेवा प्रबाहमा कसरी काम गरि रहेकाछन भनेर यिनै १७ वटा सुचक मार्फत मुल्याङ्कन गरी अंक निर्धारण आयोगले गरेहो हो ।

आर्थिक वर्ष २०८०/०८१ मा कार्य सम्पादन मुल्याङ्कनमा ६८ दशमलव ६ अंङ्क सहित पहिलो स्थानमा छ भने ६३ दशमलव २ अंङ्क सहित त्रिपुरा सुन्दरी नगरपालिका दोस्रो स्थानमा रहेको छ । त्यसैगरी ६१ दशमलव ८ अंङ्क प्राप्त गरी शे-फोक्सुण्डो गाँउपालिका तेस्रो र ५९ दशमलव ७ अंक प्राप्त गरी जगदुल्ला गाँउपालिका चौथो स्थानमा रहेको छ । छार्का ताङसोङ गाउँपालिकाले ५४ दशमलव ३ अंङ्क सहित पाँचौ स्थानमा छ भने  ठुलीभेरी नगरपालिकाले ५१ शदमलव ५ अंङ्क प्राप्त गरी छैटौ स्थानमा परेको छ । त्यसैगरी डोल्पोबुद्ध गाउँपालिका ४८ दशमलव २ अंङ्क सहित सातौँ स्थानमा रहेको छ भने मुड्केचुला गाँउपालिका ४४ शदमलव ६ अंङ्क सहित सवैभन्दा पछि आठौँ स्थानमा रहेको आयोगको तथ्याङ्कमा उल्लेख छ ।

वित्त आयोगका विभिन्न सुचकमा आधारित काम गर्दा जगदुल्लाले जिल्लाकै उकृष्ट पालिका हुन सफल भएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत सम्झना पराजुलीले बताईन। पारजुलीले भनिन ” काईके गाउँपालिकाले हरेक कुरामा सुधार गरि रहेको छ मन्त्रालय र स्थानीय सरकारले दिएको जिम्मेवारी पूरा गरकाछौ यसका लागी जनप्रतिनिधिलाई आभार प्रकट गर्दै कर्मचारीहरुलाइ धन्यवाद दिन्छु ।

हाल मन्त्रालयले निमित्त प्रमुख प्रशासकिय अधिकृतवाट हटाए पनि आफुले जिम्मेवारी बहन गर्दा सम्म सकेको राम्रो र जनताको सेवामुखी भएर काम गरेको पराजुलीले दावी गरीन । उनि भन्छिन मन्त्रालयले जिम्मेवारी दियो स्थानीय जनप्रतिनिधिले साथ दिएर काम गरियो हाल नियमानुसार मन्त्रालयले हटायो कुनै गुनासो हुदैन । कर्मचारीले आफुलाई दिएको जिम्मेवारी पूरा गरे पुग्छ । काईके गाउँपालिकामा हरेक कुराको सहजता बनि सकेकोले अव आउने कुनैपनि कर्मचारीलाई काम गर्न असहज भने नहुने बिश्वास पराजुलीले दिलाइन । सरकारले गर्ने बिभिन्न मुल्याङ्कनमा डोल्पाका स्थानीय तहहरुको प्रतिप्रर्धा निकै रहेको पाईन्छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!